लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

द हिमान्सु डिजाइनर रनवे सिजन ४ बुटवलमा सम्पन्न

IMG

तिलोत्तमा,२०८० चैत्र २९ गते।फेसन डिजाइनको राष्ट्रिय स्तरको प्रतिश्प्रधा द हिमान्सु डिजाइनर रनवे सिजन ४ बुटवलमा सम्पन्न भएको छ। हिमांशु बुटिक एण्ड ट्रेनिङ्ग सेन्टरको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष हिरा पेग्नीले प्रतियोगितामा सर्बोत्कृस्ट डिजाइनरहरुलाई पुरस्कार तथा मेडल प्रदान गर्नुभएको थियो। जसमा स्टुडेण्ट अफ द ईयर अप्सना अन्सारी, इन्टरनेसनल डिजाइनरको उपाधी प्रतिभा जिसी केसी, क्रियटिभ स्टुडेण्ट अफ द ईयर राज कुमारी यादव, ईमर्जिङ्ग स्टुडेण्ट अफ द ईयर बसन्ती चौधरी भएकी छन्। सो प्रतियोगितामा ६ औ रनरअप बन्दना राना र राजकुमारी गुरुङ भएकी छन् भन पाँचौ स्थानमा रचना बस्याल, चौथो ममता चौधरी, थर्ड रनरअप अस्मिता उपाध्याय, सेकेन्ड रनरअप सबिना थापा,फस्ट रनरअप मनिसा चुहान मगर भएकी छन् भने प्रतियोगिताको विनर हुँदै उपाधि सोनी गुरुङले चुमेकी छन्। 


त्यस्तै किड्स पार्टी वेयरको बोयज तर्फ डिजाइनर अस्मिता उपाध्याय प्रथम भएकी छन् भने दोस्रो सबिना थापा र मनिसा थापा मगर र तेस्रो रचना बस्याल भएकी छिन।  त्यस्तै गल्र्सतर्फ डिजाइनर अस्मिता उपाध्याय प्रथम भएकी छन् भने दोस्रो मारियम अर्याल  र तेस्रो सोनी गुरुङ भएकी छिन। संगै रिसेप्सन थिम तर्फ डिजाइनर मनिसा चुहान मगर प्रथम भएकी छन् भने दोस्रो ममता चौधरी र तेस्रो सोनी गुरुङ भएकी छिन।


त्यस्तै ड्रपिङ्ग थिम अन्तर्गत डिजाइनर मारियम अर्याल प्रथम भएकी छन् भने दोस्रो अस्मिता उपाध्याय र तेस्रो सोनी गुरुङ र ममता चौधरी भएकी छिन।प्रतियोगितामा आफुले तयार पारेका ड्रेस प्रदर्शन गरेर डिजाइनरहरुले बिबाह, भोज, पास्नी, रिसेप्सन, किड्स पार्टी वेयर लगायतका उत्कृस्ट डिजाइन पस्केका थिए। प्रतियोगिताको पास्नी ड्रेस तर्फ बोयजमा सोनी गुरुङ विनर भएकी छन् भने गर्ल्स तर्फ मनिसा चुहान मगर विनर भएकी छन्। 


बुटवल बिपी चोकमा आफ्नो कार्यालय रहेको द हिमान्सु डिजाइनर रनवेले बुधबार कालिकानगरमा आयोजना गरेको सो प्रतियोगितामा प्रमुख अतिथि घरेलु तथा साना उद्योग महासङ्ग लुम्बिनी प्रदेश उपाध्यक्ष गणेश अधिकारीले प्रतियोगितामा प्रथम दित्तीय तृतीय हुने र उत्कृस्ट हुने सबैलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा बोल्दै अधिकारीले पछिल्लो समय नेपाली समाजमा पनि आअधुनिकता संगै मौलिक सांस्कृतिक रहन सहनले राम्रो स्थान पाएकोमा खुसी व्यक्त गर्दै हरेक स्थानमा ड्रेसले आफ्नै छुट्टै स्थान जमाइसकेकोले यसमा फेशन डिजाइनरहरुको राम्रो भविस्य रहेको बताए।


१३ डिजाइनरका विभिन्न समयमा लगाउने ड्रेसको डिजाइन देखाइएको सो प्रतियोगिताले आयोजना बारे बोल्दै संस्थाका अध्यक्ष हिरा पेग्नीले नेपालि समाजका मौलिक ड्रेस तथा रहनसहनलाई स्थान दिंदै देशको गरिमा बढाउने काम गर्दै आएको बताईंन। प्रतियोगितामा जजको रुपमा डिजाइनर  जुरी मेम्बरहरु अमृता थापा,मन्जेश गिरि, जीतु छन्त्याल, आशा कुमारी पचभैया,अमृता थापा रहेका थिए। प्रतियोगिताको आयोजना गरेको संस्था द हिमान्सु डिजाइनर रनवेले बिगत लामो समय देखि डिजाइनरको क्षेत्रमा धेरै काम गर्दै आएको छ। यस संस्थामा प्रशिक्षण लिएका १ दर्जन भन्दा बढी डिजाइनरले आफ्नै लगानी र डिजाइनमा बुटिकको काम गर्दै आएको संस्थाका अध्यक्ष पेग्नीले बताईन। कार्यक्रमको संचालन सुमन श्रेष्ठले गरेका थिए। 

कमेन्ट गर्नुहोस्