लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओस्कार कलेज बुटवलमा सिनेमा साक्षरता अभियान चलाउँदै

IMG

तिलोत्तमा,२०८० चैत्र २० गते। ओस्कार अन्तराष्ट्रिय कलेजले नेपाल भरिका ठूला दश शहरमा सिनेमा साक्षरता अभियान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त सो कलेजले विगत दुई दशकदेखि सिनेमा शिक्षाक्षेत्रमा निरन्तर योगदान गर्दै आएको स्नातक तह अध्ययन गराउने नेपालकै पहिलो कलेज हो ।विशेष गरी प्लस टु सकेर ब्याचलर तहमा के विषय पढ्ने भनेर सोचिरहेका विद्यार्थीहरुलाई लक्षित गरि एक दिने कार्यशालामार्फत यो अभियानद्वारा हरेक सहरमा सिनेमा शिक्षाका विविध पक्ष समेटिनेछन् र उक्त कार्यशालामा सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरू, सिनेमा इतिहास, चरित्रबारे जानकारी दिँदै सुरु हुने बताइएको छ ।


बुटवलको न्यु होराइजन कलेज अन्तर्गत संचालित क्षितिज कलेजका बिद्यार्थीहरुलाई साक्षात्कार कार्यक्रम संचालन गरेको सो कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रहरूको उदाहरण दिँदै घटना परिघटना जोड्दै सहभागी विद्यार्थीहरूले तत्कालै एउटा कथालाई कसरी पटकथामा रुपान्तरण गर्ने कुरा पनि सिकाइएको थियो । कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा परिणत गर्ने भनेर त्यहीँ प्रयोगात्मक अभ्यास पनि गरिने प्राध्यापक राजाराम दाहालले बताए । कार्यक्रममा कलेजबाट दीक्षित र पढिरहेका विद्यार्थी गरी दुई जनाको फिल्मसमेत देखाइएको थियो ।


नयाँ पुस्ता नै भविष्यका राम्रा फिल्ममेकर, समीक्षक वा प्रशिक्षक हुने भएकोले पनि नयाँ पुस्तालाई लक्षित गरिएको र यो सिनेमा साक्षरता अभियानले सिनेमाप्रति हुटहटी जगाउने आयोजकको अपेक्षा छ ।कार्यक्रम अभियान अन्तर्गत सिनेमा विज्ञद्वारा विद्यार्थीलाई सिनेमाप्रति जागरुक र जिम्मेवार बनाउने अपेक्षाका साथ नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद््देश्यले यो अभियान कलेजहरुमा गरिएको हो । सिनेमाका धेरै गतिविधि काठमाडौं केन्द्रित भएकोले काठमाडौंबाहिर यस्ता कार्यक्रमको खाँचो महसुस गरेर यो अभियान गरेको समेत दाहालले बताए। यस अभियान अन्तर्गत पूर्व मेची देखि पश्चिम महाकाली सम्म समेट्नेगरी १४ गते बिर्तामोड झापाबाट शुरु भई चैत्र २५ गते पोखरामा समापन हुने ओस्कार इन्टरनेसनल कलेज का प्रशासकीय प्रमुख नविन न्यौपानेले बताए । यस्तै बिर्तामोड लगायतअन्य शहरहरुमा कमशः बिराटनगर, ईटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल सकिए लगत्तै दाङ, धनगढी र अन्तमा पोखरामा हुनेछ ।


हालसम्म उक्त शिक्षण संस्थाले काठमाण्डौमा केन्द्रित भई कार्य सञ्चालन गर्ने गरेकोमा अब काठमाण्डौ बाहिर पनी यस्ता कार्यक्रम को खाँचो रहेको महसुस गर्दै विद्यार्थीहरुलाई लक्षित गरिएको यो अभियान अन्तर्गत हरेक शहरमा एकदिने कार्यक्रमले सिनेमा शिक्षाका विविध पक्ष समेटिने प्रशासकीय प्रमुख न्यौपानेले बताएका छन् । विगत दुई दशकदेखि नेपालमा सिनेमा शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ’सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । चैत १४ देखि २५ सम्म सञ्चालन हुने सिनेमा साक्षरता अभियान नेपालका प्रमुख १० सहरमा गर्न लागिएको ओस्कार कलेजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।बुटवलमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल रामराजा साहाल संगै म्यानेजर नविन न्यौपाने, कोच तथा मेण्टर परासर वाग्ले, सुरज कटवाल, एसिस्टेन्ट कोच युबिना भट्टराई , सिनेमाटोग्राफी सलिना घिमिरे र बुटवल थिएटरका संचालक अश्विन केसीको उपस्थिति रहेको थियो। सो सेमिनारले विद्यार्थीलाई फिल्म स्टदिका लागि अझ उत्साहित बनाएको प्रिन्सिपल रामराजा दहालले बताए। 


कमेन्ट गर्नुहोस्