लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काँडेतारलाई दर्शकको माया, भन्छन- नेपालीपनको फिल्म हेर्यौ

IMG

तिलोत्तमा,२०८० फाल्गुण २५ गते। प्रदर्शन अघि नै दर्शकको वाहवाही बटुलेको फिल्म ‘काँडेतार’ ले दर्शकको राम्रो साथ् पाएको छ। बुटवलमा उपस्थित भएकी कलाकार तथा निर्माता अन्जु केसीले दर्शकको राम्रो प्रतिक्रिया पाएको बताएकी छिन।फिल्महलमा राम्रो शो पाएको फिल्म काँडेतारले देशभक्ती संगै सीमामा रहेका समस्यालाई केलाएर सामाजिक कथा बोलेको निर्माता केसीले बताईन। देशका विभिन्न सथानका फिल्महलमा राम्रो प्रतिक्रिया आएको र दर्शकले मनपराएको केसीले जानकारी दिएकि छिन।बुटवलको क्युएफ़एक्स र क्युबक्समा दर्शकको प्रतिक्रिया बुझ्न गएकी केसीले फिल्मबाट सामाजिक सन्देश लिएर दर्शक फर्किने बताईन। दर्शकले धेरै समय पछि नेपालीपनको फिल्म हेर्न पाएको र फिल्मले भारतीय ज्यादती र सीमाका समस्यालाई देखाएकोले राष्ट्रको लागि सबै नेपाली एकजुट हुनुपर्ने प्रतिक्रिया दिएका थिए। 


देशभक्ती चलचित्र ‘काँडेतार’ निर्माण टिमले दर्शकलाई फिल्म देखाएसंगै देशभरको सीमामा काँडेतार लगाउनुपर्ने मागसहित हस्ताक्षर समेत संकलन गरेको छ ।नवल खड्काको अभिनय र निर्देशन रहेको यो चलचित्रमा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्का र निर्माता अन्जु केसीको पनि अभिनय रहेको छ । सामना फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गर्नुभएको हो।मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गर्नुभएको हो । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई, नादिया खड्का र सनया खड्का हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्