लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चलचित्र विकास बोर्डका सदस्यले दिए कर्मचारीविरुद्ध उजुरी

tillotmacitynews - 2024 Mar 05 06:07 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २२ गते।  चलचित्र विकास बोर्डका सदस्य केएल बुढाथोकी (खेतुलाल बिसी)ले बोर्डका खरिदारविरुद्ध उजुरी गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी गरेका हुन् । 


मङ्गलबार चलचित्र विकास बोर्डको ७११ औँ बैठक बसिरहेको बेलामा बोर्डका खरिदार निराजन गिरिले आफूलाई धम्क्याएको उनको आरोप छ । खरिदारले धम्की दिएपछि आफू बैठक छाडेर बाहिरिएको उल्लेख गर्दै खेतुलालले भनेका छन्,‘निराजन गिरिमाथि आवश्यक कानुनी कारबाही गर्न र मेरो जीवन सुरक्षाको लागि पहल गर्न अनुरोध गर्दछु ।’ जिल्ला प्रशासन कार्यालयले उनले दिएको उजुरी प्रहरीलाई फरवार्ड गरेको छ ।

कमेन्ट गर्नुहोस्