लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भोलिबाट बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन

tillotmacitynews - 2024 Mar 02 03:20 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ १९ गते ।प्रदेशमा युवा मैत्री निती निर्माणमा योगदान दिने उद्देश्य राख्दै बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन हुने भएको छ । आइतबारबाट ३ दिन सम्म चल्ने सम्मेलनले प्रदेशमा युवाहरुलाई स्वरोजगार बनाउँदै विदेश पलायनबाट रोक्न निती निर्माणमा सघाउ पु¥याउने विश्वास गरिएको छ ।सम्मेलनको पूर्वसन्ध्यामा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा एक राम्रो बिश्वका लागि युवा अभियान, युवा उद्यमशीलताको सृजनाः सम्भावना र रचनात्मक प्रवद्र्धन, प्रभावकारी शासकनका लागि युवा शसक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता लगायतका बिषयमा छलफल गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।



पत्रकार सम्मेलनमा बोल्दै नेपाल युवा परिषदका अध्यक्ष सरोज बानीयाले सम्मेलनले निकालेको निचोड प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय। समाजिक विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा बुझाइने जानकारी दिए । उनले सम्मेलनको निचोडले राज्यलाई युवा निती बनाउन सघाउ पुग्ने बताउँदै उनले स्थानीय पालिकाहरुले समेत युवा निती बनाउँदा सम्मेलनको निचोडले सहज बनाउने दाबी गरे ।पर्यटन ब्यवसायी कृष्ण चौधरीले बाँकेको गाभर भ्यालीमा हुने सम्मेलनमा प्रदेशका १२ वटै जिल्लाको खानपान, भेषभुषा र संस्कृतिको प्रदर्शन सहित छलफल गरिने जानकारी दिए । उनले सम्मेलनमै थारु समुदायको परिकार घोँघी खाने प्रतियोगिता गरिनुका साथै प्रदेशको कला झल्कनेगरि सांस्कृतिक कार्यक्रम गरिने बताए । लुम्बिनी प्रदेशको रैथाने खानाको ब्राण्डिङ गर्न सम्मेलनले भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै चौधरीले लुम्बिनीमा पर्यटन उद्योगलाई सम्मेलनले सहयोग गर्ने दाबी गरे ।


१२ जिल्लाका २०५ युवाहरु सहभागी हुने सम्मेलनको उदघाटन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले र समापन प्रदेश सामाजिक विकास मन्त्री सिके गुप्ताले गर्ने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्