
तिलोत्तमा सिटी,२०८० माघ २९ गते। फेरी एकपटक बुटवलका दर्शकले पनि प्रत्यक्ष थिएटरमा नाटक मन्चन हेर्न पाउने भएका छन्। लेखक ह्रदय चन्द्रसिह प्रधान तथा निर्देशक नकुल पौडेलको नाटक ‘एक चिहान’ फागुन पहिलो साता बुटवलमा मंचन हुने भएको छ । बुटवल पाथ वे को प्रायोजन तथा रागश्री संगितालयको आयोजनामा फागुनको ३ देखि ५ गतेसम्म नाटक मंचन हुने भएको हो । रागश्री संगितालयका अध्यक्ष सुरेश सेन्चुरीले विद्यार्थीहरुलाई लक्षित गरि नाटक मंचन गर्न लागेको बताए । यसअघि बौलाहाकाजीको सपना समेत नाटक देखाउदा धेरैको माग अनुसार तयारी गरि कक्षा १२ को नेपाली पाठ्यक्रममा रहेको एक चिहानलाई मंचनको तयार गरेको उनले बताए ।
काठमाडौमा १५१ पटक मंचन भएको तथा नारायणगढ लगायत देशका धेरै स्थानमा देखाइएको एक चिहान बुटवलमा पहिलो पटक मंचन गर्न लागिएको हो ।कार्यक्रममा संगितालयका सदस्य माधव भण्डारीले बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा ३ दिनसम्म चल्ने बताए । कलाकारहरु १६ जनामध्ये ११ जना काठमाडौबाट आउने उनले बताए । एक पटकमा ८ सय क्षमता रहेको हलमा डेढ घण्टाको नाटक दैनिक ३ शो देखाईने उनले बताए । दैनिक बिहान साढे ८, दिउँसो १ र ४ बजे गरि ३ शो गरिने छ ।रुपन्देहीका नाट्य कलाकार तथा निर्देशक बाबुराम घिमिरेले धेरै प्रकारका नाटकमध्ये यो पाठ्यक्रममा नै समावेश महत्वपुर्ण नाटक भएको बताए । सरकार कलाकारलाई राष्ट्रको गहना नाममात्रको भनिने तर सहि मुल्याकन नभएको उनले दुखेसो गरे ।
कमेन्ट गर्नुहोस्