लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कन्डम दिवसका अवसरमा ट्राफिकचोकमा कन्सर्ट : कालीप्रसाद सहित बिशेष कलाकारको प्रस्तुति

IMG

तिलोत्तमा, माघ २९ गते २०८०। सधै फेशनमा भन्ने थिमका साथ् एच.आई.भि. एड्सको न्यूनिकरणका लागि बुटवलमा भाेली म्युजिक लाइभ कन्सर्ट हुदैँछ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा मंगलबार  दिउसो ३ बजेदेखि बुटवलमा म्युजिक लाईभ कन्सर्ट गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । एड्स हेल्थ फाउण्डेसन (AHF ) को सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समुहको आयोजनामा बुटवलको ट्राफिकचोकमा म्युजिक लाईभ कन्सर्ट गर्न लागिएको एड्स हेल्थ फाउण्डेसन (AHF ) का दिव्यराज जोशीले जानकारी गराउनुभयो ।


लाइभ कन्सर्टमा नेपाली गीत संगीतका ख्यातिप्राप्त गायक तथा संगीतकार काली प्रसाद बासकोटा सहित निरज थापा, सगुन थापा, बिगेन गुरुङ, अस्टिन शाही, कुश्मिता पुन लगायत सत्यसाई कला केन्द्रको नृत्य प्रस्तुति, एच आई भी सम्बन्धी जनचेतनाका साथै नाटक, लोकल ब्याण्ड प्रस्तुति,व्लु डायमण्ड सोसाईटि र स्थानिय कलाकारहरुको प्रस्तुति समेत देखाइने आस्था समुहका केशब पुन मगरले जानकारी दिनुभयो। कण्डमको विषयमा जनचेतना जगाउन दिउसो ३ बजे देखि राती ९ बजेसम्म सञ्चालन गरिने कन्सर्टमा एचआईभि एड्स र कण्डम सम्बन्धि नाटक प्रदर्शन गरिने छ भने कण्डम वितरण, एचआइभी टेस्ट र कण्डम सम्बन्धि विभिन्न खेलहरु खेलाईने एड्स हेल्थ फाउण्डेसनका राधेश्याम श्रेष्ठले बताउनुभयो ।


उहाँका अनुसार नेपालमा प्रत्येक दिन नयाँ दुई जनामा एचआईभि संक्रमण हुन्छ । एचआईभि एड्सको न्यूनिकरण गर्दै  तथ्यांक शुन्यमा झार्नको लागि असुरक्षित यौन सम्पर्क नहोस भन्ने उद्देश्यले कण्डमको प्रबर्द्धनात्मक अभियान स्वरुप कन्सर्ट गर्न लागिएको एड्स हेल्थ फाउण्डेसनका धर्मराज भट्टराईले बताउनु भयो । उहाँले कण्डम प्रयोगलाई सहज बनाउन र यौन साथीलाई सुरक्षित बनाउन पनि कन्डमको उचित प्रयोग जरुरी रहेको बताउनुभयो।बजारमा आउने फेशनजस्तै कण्डमको प्रयोग पनि सधै नयाँ हुने र एचआइभीबाट बच्न यसको प्रयोग अत्यावश्यक रहेको भट्टराईको भनाई छ। सन् २०१७ को अन्त्य सम्मको तथ्यांकअनुसार संंसारभर ३ करोड ६९ लाखव्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । नेपालमा ३२ हजार २० जनामाएचआईभी संंक्रमण रहेको हुन सक्ने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अनुमान छ।झण्डै ७७ प्रतिशत एचआईभी संक्रमण कण्डम विना गरिने यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको केन्द्रको दाबी छ ।   

कमेन्ट गर्नुहोस्