लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तपाइले हेर्नैपर्ने नेपाली फिल्महरु:सागर भण्डारी

tillotmacitynews - 2024 Feb 11 11:46 AM
IMG

तिलोत्तमा सिटी,२०८० माघ २८ गते ।पछिल्लो समय नेपाली फिल्मलाई युट्युबमा हेर्ने प्रचलन बढे संगै नेपाली फिल्म प्रति दर्शकको माया पनि बढ्दै गएको छ। फ्रि टाइममा नेपाली फिल्महरु हेर्न दर्शकहरू लालायित हुन्छन। फिल्म कुन हेर्ने कस्तो बिषय बस्तु पकड्ने भन्ने कुराले युट्युबमा सर्च बक्स भरिएको हुन्छ तर निचोडमा पुग्न एकछिन गाह्रो हुन्छ।  यही सोचलाई मध्येनजर गर्दै सागर भण्डारीले रिकमेन्ड गरेका टप ५ फिल्महरुको सुचि यहाँ रहेको छ। यो सुचि उसको आफ्नो व्याक्तिगत राय रहेको छ ।  यदि दिइएको सुचि भन्दा राम्रा फिल्म छुटेजस्तो लागेमा कमेन्टमा सुझाव दिन सक्नुहुनेछ । दिइएको सुचि सबै क्षेत्रका फिल्महरुको सुचि रहने छ ।  


१. वडा नं ६

यो फिल्म दिपक राज गिरि , धुर्मुस, जितु , लगायतका अभिनेताको अभिनय रहेको छ।  यसको कथावस्तु समग्रमा माया प्रेम, राजनिति, कमेडि, साथित्व आदि रहेको छ । सम्पुर्ण अभिनेताले बखुबि अभिनय गरेका छन र कथावस्तु पनि राम्रो रहेको छ।  फिल्म हेर्दा समय सकिएको थाहा नै हुँदैन।   


२. कबड्डि (सबै पार्टहरु)

कबड्डि फिल्मका सबै पार्टहरु नै हेर्नै पर्ने फिल्मको सुचिमा छुटाउ नै नसकिने फिल्म रहेका छन।  कबड्डि फिल्म मुख्य रुपमा माया प्रेम र सस्पेन्स थ्रिलर फिल्म हो।  यस फिल्मका मुख्य नायकहरुका रुपमा दह्याङ राइ, सौगात मल्ल आदि रहेका छन। यस फिल्ममा कमेडि र लभ सिनहरु पनि रहेका छन ।  


३. छक्का पञ्जा (सबै पार्टहरु)

दिपक दिपा लगायतका टिमको अर्को सुपरहिट फिल्म अन्तर्गत छक्का पञ्जा र यसका अन्य पार्टहरु छक्का पञ्जा २, छक्का पञ्जा ३, छ माया छपक्कै  लगायतका फिल्म पर्दछन ।  यि फिल्महरुको कथावस्तु समग्रमा देश परिवेश, माय प्रेम , राजनिति , नेपालको अवस्था चित्रण गरेका छन।  


४.लुट

लुट फिल्म दह्याङ राइ , सौगात मल्ल लगायतका कलाकार अभिनित फिल्म हो ।  यस फिल्मको मुख्य कथावस्तु बैङ्क लुट सम्बन्धि रहेको छ ।  यसको दोस्रो पार्ट लुट २ मा पनि कथावस्तु र कलाकार उनै रहेको र फिल्म हेर्नै पर्ने छ।   


५. फर्केर हेर्दा 

फर्केर हेर्दा पुरानो नेपालि फिल्म हो जसको हिन्दी रिमेक पनि छ।  यस फिल्मको कथावस्तु माया प्रेम र संघर्ष रहेको छ।  यस फिल्ममा नायकको रुपमा आर्यन सिग्देल रहेका छन।  

कमेन्ट गर्नुहोस्