लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चलचित्र काँडेतार मातृभूमि प्रतिको प्रेम झल्कने देशप्रेमी सिनेमा हो :अभिनेता नवल खड्का

IMG

तिलोत्तमा,२०८० माघ ६ गते । नायक, निर्माता तथा कलाकार नवल खड्काले नेपाली चलचित्र काँडेतार मातृभूमि प्रतिको प्रेम झल्कने फिल्म भएको बताउनुभएको छ। चलचित्र पत्रकार सघ नेपाल दाङ शाखाका अध्यक्ष सन्ताेष केसीको अध्यक्षतामा भएकाे साक्षात्कार कार्यक्रममा बोल्दै खड्काले देश रहे हामी रहन्छौ माटो र मानिस जोगाउ भन्ने कथा बस्तु रहेको काँडेतार देशप्रेमी रहेको बताउनु भयो ।  नेपालको खुल्ला सिमाना, विदेशी हस्तक्षेप र  विभिन्न विकृति रोक्ने लगायतका विषयहरु  काँडेतारले बोकेको बताउनुभयो । 


हामी यो देशका नागरिक हौं अब  हामीले सीमा सुरक्षा नगरे कसले गर्छ भन्ने हाम्रो  हो उहाँले भन्नु भयो । राष्ट्र र  राष्ट्रियता जोगाउन काँडेतारले महत्वपूर्ण भूमिका खेलेको खड्काको भनाइ छ ।  सेन्सर भईसकेका चलचित्र देखाउन केही ठाउँमा रोक लगाउनू मा सरकारको कमजोरी रहेको गुनासो गर्नु भयो ।  स्वदेशमा  बसेर विदेशीको इशारामा चल्दा राष्ट्रलाई ठूलो आघात भएको छ।  यो कस्तो विडम्बना ।  देशको शान मान र गौरव खोसिने अवस्थामा हामी छौ अब यो देशको गौरव लाई खोस्न दिनु हुन्न उहाँले भन्नुभयो । जसलाई देश प्रति माया छ उसले अबस्य काँडेतार हेर्छ। यति मात्र होइन देश र माटो जोगाउन संसदमा समेत बहस हुनु पर्ने उहाँको माग रहेको छ । 


देसप्रेमका खोल ओढेकाहरुलाई काँडेतारले चेतना खुल्नेमा खड्का विश्वस्त हुनुहुन्छ । । देश समाज परिवर्तनका लागि चलचित्र एउटा सशक्त माध्यम भएको बताउनु भयो।यही फागुन २५ गतेबाट प्रदर्शन हुने चलचित्र काँडेतार रिलिज हुँदै छ । देसका विभिन्न ठाउँमा च्यारिटी सो सम्पन्न भएको र केही ठाउँमा भएरहेको छ । करिब ७० भन्दा बढी च्यारिटी सो सम्पन्न भएको फ्लिमको दाङमा भने  माघ १३ गते हुँदैछ । चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नु भएको थियो ।


कमेन्ट गर्नुहोस्