लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रिभर साइड युथ क्लबको माघी मेला सम्पन्न, दर्शकको ओईरो

IMG

तिलोत्तमा,२०८० माघ २ गते । हरेक बर्ष जस्तै यस बर्ष पनि माघ १ गतेलाई माघी मेलाको रुपमा महोत्सव गर्दै आएको रिभर साइड युथ क्लब तिलोत्तमा-६ ले गोरकट्टा मैदानमा दर्शकको ओइरो लगायो। ख्यातिप्राप्त लोक तथा दोहोरी गायक गायिका तथा भरपुर मनोरन्जनका लागि डान्सरहरुलाई प्रस्तुतिका लागि राखेको क्लबले सोमबार राति अबेरसम्म दर्शक झुमायो। माघी उत्सवलाई विभिन्न जातजातिका खानका परिकार, थारु परिकार, खाजा तथा थारु रहनसहनको प्रदर्शनी समेत रहेको माघी मेलामा लोक तथा दोहोरी गायक बद्री पंगेनी, नारायण बिपी परियार, ऋतु शाही, डान्सर आशिका थापा सहित स्थानिय थारू झाँकी तथा नृत्यहरू समेत राखिएको थियो। 


क्लबका अध्यक्ष तथा मेलाका संयोजक दिवस थापाको अध्यक्षता तथा प्रमुख अतिथी मगर एकता समाज गोरकट्टाका अध्यक्ष नर बहादुर छन्तेलले उद्घाटन गर्नुभएको थियो। मेलामा सहयोगी संघ संस्था तथा ब्यबसायी एबम व्यक्तिहरुलाई सम्मान पत्र द्वारा सम्मान गरिएको कार्यक्रममा क्लबका सचिव माधव गौतमले स्वागत मन्तव्य राखेका थिए। स्थानियहरुको बाहुल्य उपस्थिति रहेको कार्यक्रमलाई स्थानियहरुले पुर्ण सहयोग गरेका थिए भने मेलालाई शुभकामना व्यक्त गर्दै क्लबले निरन्तर रुपमा यस्ता खाले कार्यक्रमको आयोजना गरि नेपाली संस्कृतिको जगेर्ना गर्न सहभागीहरुले आग्रह गरेका थिए। सो अवसरमा बोल्दै स्थानिय समाजसेवी तथा कार्यक्रमका अतिथि , स्थानिय समाजसेवी तथा क्लबका सल्लाहकार  खुम बहादुर थापाले क्लबले गरेको सामाजिक कार्य र रहनसहन संरक्षण गर्न खेलेको भूमिका तथा स्थानिय रितिरिवाज, भाषा संस्कृति र रितितिवाजको जगेर्ना गरेको प्रति खुसि व्यक्त गरेका थिए।  उहाँले मौलिक परम्पराको संरक्षणका लागि क्लबले चाडलाई जनजनमा पुर्याएको प्रति हार्दिक धन्यवाद व्यक्त  गरेका थिए। 


मेलामा बोल्दै प्रमुख अतिथि छन्तेलले क्लबले गरेका यस्ता कार्यक्रमले स्थानिय स्तरमा ठुलो भूमिका खेल्ने र युवाहरुलाई एकत्रित गर्न सहयोग गर्ने बताए। उनले हरेक चाडपर्वलाई मनाउने क्रममा युवाहरुको सहभागिता गराउनुपर्ने समेत बताए।क्लबका अध्यक्ष दिवस थापाले यस्ता मेलाले स्थानीय स्तरमा युवाहरुलाई एक सुत्रमा बाध्ने , पारिवारिक जमघटहुने तथा स्थानिय खानका परिकार र प्रदर्शनीले पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्ने बताए। उनले एकता र सद्भावको यो पर्वले हरेक समुदायलाई जोड्ने र असल समाज निर्माणमा थप बल पुग्ने समेत बताए ।कार्यक्रममा सहयोग गर्ने सह आयोजकका रुपमा मगर एकता समाज गोरकट्टा, तिलोत्तमा आमा समुह गोरकट्टा , नारि जागरण आमा समूह गणेशपुर,आनन्दबन सामुदायिक बन उपभोक्ता समिति अन्य सहयोगी संस्थाहरु नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड, राष्ट्रिय युवा परिषद, कृषि बिकास बैंक प्रदेश कार्यालय भैरहवा, संचारकर्मी लगायत सम्पूर्णलाई धन्यबाद ज्ञापन गरेका थिए।


कार्यक्रममा तिलोत्तमा वडा नम्बर-६ का अध्यक्ष गणेश पाठक, मगर एकता समाजका उपाध्यक्ष आशा माया पुन, तिलोत्तमा आमा समुहका उपाध्यक्ष पवित्रा भट्टराई, नारी जागरण आमा समूह गणेशपूरका अध्यक्ष चुमा देवी गुरुङ, आनन्दबन सामुदायिक बनका उपाध्यक्ष अजय राना, तिलक नेपाली,राष्ट्रिय युवा परिषद लुम्बिनी प्रदेशका सदस्य आयुषा कंडेल, सबैको साकोसका सुक बहादुर नेपाली,वडा नम्बर-६ का सचिव कृष्ण बहादुर क्षेत्री, प्रहरी कार्यालय गोरकट्टाका प्रमुख , पूर्ण प्रसाद आचार्य( संजय), माया पुन, सिता पाण्डे, एकादेव पाण्डे, केशव भुसाल, मोहन आचार्य लगायतको उपस्थिति रहेको थियो। मेलामा बद्रि पंगेनीले  आधा दर्जन बढी गीत गाएका थिए भने नारायण बीपीले आफ्ना गीतले दर्शक झुमाएका थिए।क्लबको माघीमेलाको औपचारिक संचालन क्लबका सहसचिव निर्मल भण्डारी र सांस्कृतिक कार्यक्रमको संचालन डा  अविष्कार पराजुलीले गरेका थिए। 


कमेन्ट गर्नुहोस्