लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बद्री पंगेनीले तताए रिभर साइड गोरकट्टाको मैदान

IMG

तिलोत्तमा,२०८० माघ १ गते।रिभर साइड युथ क्लबले आयोजना गरेको माघी मेला २०८० को स्टेजमा जब लोकदोहरी गायक बद्री पंगेनी उक्लीए अनि पररर ताली बज्यो। गायक पंगेनीले सुरुमा एकछिन देशमा राजनिती अस्थिरता सन्देश मुलक गित सुनाए । जव गायक पंगेनीले मेलाका दर्शकहरुलाई बिदेश कमाउन गएको छोरो चार्डपर्व र रमाईलोमा अनि मेलामा पनि घर नर्फीएको कथा ब्यथा समेटेर आमाहरुका लागि भन्दै आफुले गाएको ‘आमा बिदा पाईएन, .. गीत जव जुनाए अधिकाँस सबै भावुक भए चुपचाप, शान्त अनि दर्शक दिर्घामा रहेका आमाहरु रुन थाले।


त्यसपछी गायक बद्री पंगेनीले युवा युवतीका लागि रमाईला खाले गीत सुनाउन थाले । पंगेनीले ससुरालीमा गाउदा दर्शक ठेलमठेल नाचिरहे, केहि लाइभ दोहोरी समेत गरेका बद्रीले दर्शकलाई जाडोको प्रबाह नगरी मैदानमा तताए। पंगेनीलाई के भयो भयो, छेउमै बस्ने नानीमा मन गयो कान्छी य कान्छी, टयाईँकुटी ट्याईँकुटी झ्याईँ’ ससुरालीमा ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा लगायतका रमाईला गित सुनाउँदै आफुपनि नाच्दै दर्शकहरुलाई नचाउँदै माघी मेलाका दर्शक तताए । करिव आधा दर्जन बढी गीत गाएका बद्रीले गीत मार्फत दर्शकलाई कहिले रुवाउने त कहिले अझ हसाउने काम समेत गरे। 


बद्रीसंगै  मेलालाई अझै रौनक थप्न गायक नारायण बिपी परियार, गायिका कोपिला न्यौपाने, डान्सरहरु प्रनिश थापा र आशिका थापाले दर्शक उचाल्ने डान्स प्रस्तुत गरे। हरेक बर्ष माघी मेला गर्दै आएको सो क्लबले स्थानिय स्रोत साधनबाट सधै भारी मेला गर्ने गर्छ। थारु परिकारहरुको बिक्री तथा प्रदर्शनी समेत रहेको सो स्थानमा दर्शक खचाखच थिए। मेलामा सहयोग गर्ने तथा उपस्थिति जनाउनुहुने सबैलाई धन्यबाद व्यक्त गर्दै क्लबका अध्यक्ष दिवस थापाले आगामी दिनमा पनि क्लबले गरेको हरेक काममा हातेमालो गर्न सबैलाई आग्रह समेत गरे।


कमेन्ट गर्नुहोस्