
तिलोत्तमा, पौष २३ गते २०८०। हाउस अफ ब्युटीको आयोजनामा बुटवलमा १० दिनदेखि ७५ दिनसम्मको मास्टर इन हेयर,मास्टर इन नेल, मास्टर इन मेकअप तथा ब्युटिसियन तालिमको प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ।हाउस अफ ब्युटी कपिलबस्तु संचालिका तथा इण्टरनेशनल मेकअप आर्टिस्ट सोनिस्ता लामा चन्दको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथी डा.दिपेन्द्र चन्दले एक समारोहका बिच कार्यक्रमको उद्घाटन गर्दै सबै सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्नुभयो।
उद्घाटनका क्रममा प्रमुख अतिथी डा.चन्दले सीप सिकेर जिबनयापनमा सहजता ल्याउन महिलाहरुलाई यस्तो खालको सीपले रोजगारीका लागि प्रेरित गर्ने र बजारमा आउने नया-नया प्रबिधिबारे ब्युटिशियनहरु सधै अपडेट हुनुपर्ने कुरा बताउनुभयो । चन्दले ब्युटिसियन पेशा र सीपको प्रयोगमा लागेर पेसालाई सुरक्षीत बनाउन उपस्थित सबैलाई आग्रह गर्दै सीप भएका देशको आधा आकास ओगटेको नारीहरु खालि बस्न नपर्ने समेत सबिस्तार चर्चा गर्नुभयो ।
हाउस अफ ब्युटीकि संचालिका तथा इण्टरनेशनल मेकअप आर्टिस्ट सोनिस्ता लामा चन्दका अनुसार संस्थाले नेपालभरका १ सयभन्दा बढी जना सदस्यहरूलाई १० दिने तथा ७५ दिने ब्युटिसियन तथा मेकअप तालिम प्रदान गरेको थियो । सोही तालिमको सहभागी र स्टाइल मेकओभरका अन्य सहभागी समेत १०० जनालाई बुटवल बेलबास स्थित कुमारी रिसोर्टमा एक कार्यक्रम गरि हाउस अफ ब्युटीले प्रमाणपत्र बितरण गरेको हो ।
देशभरका नेपालभरका ताप्लेजुङ्ग,चितवन,प्युठान,सुर्खेत,काठमाडौँ ,स्याङ्गजा लगायतका ठाउँबाट उपस्थिति रहेको कार्यक्रममा उमा घिमिरे, अनुराधा चौधरी, संगीता गुरुङ,साशा परियार,निरुता शाही,आयुषा श्रेष्ठले शुभकामना मन्तव्य तथा आफ्नो तालिम अनुभव बताउदै हाउस अफ ब्युटी कपिलबस्तुको अवसर काम प्रति खुसि व्यक्त गरेका थिए। नेपाल आइडलमा आफ्नो प्रतिभा देखाइसकेका अप्सर अलिले दर्जनौ सांगीतिक प्रस्तुति प्रस्तुति समेत रहेको सो कार्यक्रम रुपन्देहीका रेडियोकर्मी सुमन श्रेष्ठले संचालन गर्नु भएको थियो। सो कार्यक्रममा विभिन्न विधाका स्टाइलिस्टहरुको समेत उपस्थिति रहेको थियो। हाउस अफ ब्युटीको हालसम्म कपिलबस्तु र बुटवलमा शाखा रहेको छ।
कमेन्ट गर्नुहोस्