लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

tillotmacitynews - 2023 Dec 16 06:37 PM
IMG


तिलोत्तमा सिटी, २०८० मंसिर, ३० गते । सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्‍याएर हेर्न अनुमति दिएको हो ।  सर्वोच्चले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारिरीक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी उच्च अदालत पोखराले गत वर्षको फागुन ११ मा फैसला गरेको भन्दै पलबारेको उक्त फैसला दोहोर्याउन निस्सा प्रदान गरेको हो । 


उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो। शाहले बलात्कार गरेको भन्दै एक नाबालिग पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् । 

कमेन्ट गर्नुहोस्