लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देश दौदाहामै रुवाएको परदेशी २, असोज २६ मा आउदै

IMG

तिलोत्तमा सिटी,असोज २१ गते।  भर्खर देश दौडाहा सकाएको परदेशी २ ले देशभरका कलेज स्कुल र विभिन्न कार्यक्रममा सहभागीलाई मन छुने गरि रुवायो। एक गीतिकथा लिएर पोख्त कलाकार लिएर हिडेको परदेशी २ ले हरेक कार्यक्रममा हरेक मान्छेलाई आँसु हत्केलाले पुछ्ने गरायो। फिल्मको प्रचार प्रसारको क्रममा सार्बजनिक स्कुल, कलेज , महायज्ञ, बजार , सडक, लागयतका ठाउँमा आफ्नो प्रस्तुति राख्दै हिडेको फिल्मले हरेक ठाउमा सो गीति कथा हेरेर रुने दर्शकको वास्तविक पिडा बुझ्यो।  

हरेक दिन करिव २ हजार युवा बिदेशिन परेको नमिठो तथ्यांकलाई मनमा राखेका नेपालीको मुटु भक्कनिएर सो कथामा पोखिएको छ। स्कुल कलेजको साथीहरु पढ्दा संगै बस्दा, छुटिदा र बैदेशिक यात्रामा निस्किदा तिनीहरुको मित्रता र पारिवारिक बाताबिकताले जो कोहीको मन रुवाउथ्यो। सानो बच्चा देखि कलेजका प्रोफेसर सम्मका आनका रसाएको सो गीतिकथाको कन्सेप्ट नै मनछुने छ। डान्स र अभिनयमा जमेका कलाकारको टिम सहित हिडेको परदेशी २ ले बसमै स्टिकर टाँसेर हिडेको छ। फिल्ममा समेत उत्कृस्ट कलाकारको तालमेल मिलाएको फिल्मले पहिलोपटक ठुलो पर्दामा प्रकास सपुतलाई लिएर आएको छ। 

आफ्नो फिल्मलाई दर्शकले यस अघिको फिल्मलाई भन्दा बेसी माया गरिदिने र सफल बनाउन सहयोग गर्नेमा ढुक्क छन् निर्माता तथा निर्देशक लोक तथा दोहोरीका बादशाह नारायण रायमाझी। फिल्म बनाउनुभन्दा ठूलो संघर्ष निर्माताले प्रचारमा गर्नुपर्छ । किनकि, प्रचारले नै फिल्मलाई दर्शकमाझ पुर्‍याउने हो । यसैले फिल्म रिलिजको संघारमा हुँदा निर्माताले प्रचारमा साम-दाम सबै प्रयोग गर्छन् । यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ले पनि प्रचारमा कुनै कसर छाडेको छैन । निर्माण टिमले हरेक उमेर समुहका दर्शकहरुमाझ पुग्ने प्रयास गरिरहेको छ ।

छमछमी सिजन–३ मा तृतीय तथा डान्सिङ वीथ स्टारमा दोस्रो बन्न सफल शेखर घर्ती, छमछमी सिजन ३ का फाइनालिस्ट तथा सुपर डान्सरको सेकेण्ड रनरअप रविता मगर, छमछमी सिजन–४ का सेमिफाइनालिष्ट पुष्प घिमिरे, छमछमी सिजन ४ को उपविजेता, मेरो डान्स यूनिभर्सको फाइनालिष्ट तथा वर्ल्ड डान्स लीग वीनर नेशन सुस्लिङ मगरसँगै थिएटर आर्टिस्टहरु सुजता बस्याल, विवेक खड्का, रारा ज्योती पोखरेल र निर्मल साउदले संयुक्त रुपमा कोरियोग्राम गरेको ड्रामा प्रस्तुत गरिएको थियो ।

फिल्मको कथामा गीति नाटक तयार पारेर काठमाडौं र मोफसलका विभिन्न कलेजहरुमा देखाइसकिएको छ । फिल्ममा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीको पनि अभिनय छ । रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको फिल्मले अध्ययनका लागि विदेशिन बाध्य युवा र सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक रायमाझीले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् । 

कमेन्ट गर्नुहोस्