लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सहकारीका सदस्य सबै उत्तरदायी बनौ :साना किसान कृषि सहकारी संस्थाको देवदह अध्यक्ष न्यौपाने

IMG

तिलोत्तमा,असोज १९ गते। साना किसान कृषि सहकारी संस्थाको देवदह ५ र ६ को साधारणसभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था देवदहले आफनो बार्षिक साधारण सभा वडागत रुपमा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष टिका न्यौपानेको अध्यक्षता र देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।सो अवसरमा बोल्दै नगर प्रवक्ता डुम्रेले सहकारीहरु शेयर मुखी हुनु पर्नेमा जोड दिएका छन । उनले पछिल्लो समय सहकारीमा विकृति विसंगति देखिएकोले सहकारीका संचालकहरु सचेत हुनु पर्नेमा जोड दिए ।


उनले सहकारीहरु सहकारी ऐन, कानुन भन्दा बाहिरजान कसैलाई छुट नभएको बताए । उनले सहकारीहरुले आफना शेयर सदस्यहरुलाई सीपमुलक तालिम प्रदान गरी व्यवसायी बनाउन सकेमात्र उत्पादन बृद्धि हुने बताएका छन ।उनले सहकारी, सरकारी र नीजि क्षेत्र मिलेर देशको अर्थतन्त्र सुधार गर्न लाग्नु पर्ने बताए । कार्यक्रममा देवदह नगरपालिका–६, का वडाअध्यक्ष खेमबहादुर थापा लगायतले आ–आफना भनाई राखेका थिए ।कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष न्यौपानेले संस्थाको शेयर पुजी ३ करोड ७३ लाख रहेको र ५१ करोड ५१ लख भन्दा बढि लगानी गरेको बताइन।


उनले यस आर्थिक बर्षमा सहकारीले २ करोड ४१ लख खुद नाफा कमाउन सफल भएको बताइन । उनले सहकारीका शेयर सदस्यहहरु संस्थाप्रति उत्तरदायित्व हुनु पर्नेमा जोड दिएकि छ्न । उनले संस्थाले पशुमा लगानी गरेको बताउदै आम शेयर सदस्यहरुलाई व्यवसायी बनाउने गरी योजना अगाडि सारेको बताइन । उनले शेयर सदस्यहरुले व्यवसायीक योजना बनाएर आएमा संस्थाले लगानी गर्न तयार रहेको बताइन । कार्यक्रममा संस्थाका लेखा संयोजक कल्पना सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा जेष्ठ सदस्यहरुलाई नगद सहित सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष ख्यामनारायण ढकालको स्वागत र व्यवस्थापक सरला सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्