बुटवल, २०८०/साउन २७ गते। २ हप्ता अघी बिना कन्ट्रोभर्सी यस बर्षको तीज गीत बजारमा निकालेकी "पार्दिम एह सुन्तली सारी फरर"बोलको गीत यतिबेला चर्चामा छ। गाउँले परालाई टपक्क टिपेर चटक्क गाएकी ज्योतिले यस गीतबाट अझै सबैको मनमा बस्ने बताएकी छिन। ढाका चोली र सारीमा भिडियोमा देखिएकी ज्योति गीतमा सुहाएकी छिन। आफ्नै शब्द र स्वरमा योगेश काजि शाहको संगीतमा सुमधुर गीत ल्याएकी ज्योति यसपटक भने शानदार मौलिक तीजमा रमाएकी छिन।
प्रेम के हो?भन्ने प्रश्नमा गायिका ज्योति मगरले निश्वार्थ हर्ट-टु-हर्ट कनेस्कन नै प्रेम हो , जो जोसंग नि हुनसक्छ भन्छिन। प्रेममा पागल हुने र डिप्ली रुपमा अघि बढेर उ बिना... उनी बिना म बाच्दीन भन्नेहरु सबै साइको भएको ज्योतिको भनाई छ। आफु अबिबाहित या बिबाहित जो भएपनी कानुनि रुपमा एक्लो भएको पुरुषसंग बिहे गर्न तयार रहेको बताउदै ज्योतिले ७ जनासंग बिहे गरेको भएपनी कानुनी रुपमा एक्लो भएको लोग्ने मान्छेसंग पनि बिहे गर्न तयार रहेको बताउछिन।
सबैलाई प्रेम गर्छु भन्न रुचाउने ज्योतिले अहिलेसम्म बिबाह गर्छु भनेर कसैलाई नरोजेको समेत बताएकी छिन। दुलाहा खोजेको, तर हालसम्म खोजिनसकेको उनको भनाई छ। सबैखालका पेशा गर्नेको आफ्नै इज्जत हुने भन्दै जुनसुकै पेशा गर्ने पनि श्रीमान् हुनसक्ने उनको भनाई छ। तर प्रेममा मरिहत्ते गर्नेहरु साइको म्यान भएको बताउदै उनले प्रेम दुई आत्माको मिलन भएकोले यसमा सबै कुरा जाहेज भएको समेत बताउछिन।ऋषी धमलासंगको अन्तर्वार्ताको क्रममा मात्ने गरि नपिएको बताउदैज्योतिले शरीरले मागेसम्म रक्सी पिउने बताउछिन। उनले आफु नायिका बन्न नचाहेको समेत बताएकी छिन। धेरै फिल्ममा अफरहरु आएको तर आफुलाई त्यतातिर खासै इन्ट्रेस्ट नभएको उनको भनाई छ।
आफुलाई गाली गर्ने माया गर्ने जिबनमा साथ् दिने नदिने सबैको साथ् आवश्यक रहेको उनले बताईन। समाजका सहि कुराअंगालेर आजसम्म यो स्टेजसम्म आएको उनको भनाई छ। लोकसंगीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी ज्योतीले शुरुका दिनमा धेरै संघर्ष गर्दै आएको र ज्योतिको अहिलेको लाइफ स्टाइल र गायनलाई दर्शक स्रोताले अझै मन पराएको उनको भनाई छ। बढीजसो छोटा लुगा र हट देखिने ज्योतिले आफुलाई त्यस्तो खालको ड्रेस सुहाएको समेत बताउछिन। सामाजिक सेवापछि राजनीतिमा आउनुपर्ने बताउदै उनले आफु अहिलेसम्म राजनीतिमा आउने बेला भैनसकेको बताएकी छिन।तीजमा कन्ट्रोभर्सी हुने उनको तीजगीतको प्रतिक्षामा रहेका दर्शकले अहिले भने "सारी फरर" मार्फत छुट्टै स्वादमा गीतको मज्जा लिइरहेका छन्।
कमेन्ट गर्नुहोस्