लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जब विराट कोहलीले ‘कुटुमा कुटु’ गीतमा डान्स गरे

tillotmacitynews - 2023 Sep 10 01:17 PM
IMG

तिलोत्तमा सिटी , २०८० भाद्र २४ गते । एसिया कप क्रिकेटअन्तर्गत सोमबार राति नेपाल र भारतबीचको खेल रोमाञ्चक रह्यो । साहसिक ब्याटिङमार्फत नेपालले भारतसामु चुनौती पेश गर्‍यो ।श्रीलंकामा आयोजित उक्त प्रतिस्पर्धा केवल ‘खेल’मा मात्र सीमित रहेन । यो खेलको क्रममा मैदानमा देखिएका क्याजुअल दृश्यले नेपाली फ्यानलाई मोहित तुल्याए । नेपालले ब्याटिङ गरिरहँदा भारतले फिल्डिङ गरिरहेको थियो ।


त्यस क्रममा रंगशालामा चर्चित नेपाली गीत ‘कुटुमा कुटु सुपारी दाना’ समेत बजाइयो । उक्त गीतमा भारतीय क्रिकेटर विराट कोहलीले नृत्य गरेपछि यसले चर्चा बटुलेको छ ।मंगलबार भारतीय अनलाइन पोर्टलहरुमा यो गीतमा विराटले गरेको डान्सले प्राथमिकता पाएको छ । टाइम्स अफ इन्डिया लगायतका मिडियाले नेपाली फिल्मको गीतमा विराटले गरेको डान्सलाई लिएर समाचार लेखेका छन् । ‘विराटले कहिल्यै पनि फ्यानसँग इन्गेज हुने मौका गुमाउँदैनन्,’ टाइम्स अफ इन्डियाले डान्सको क्लिप सेयर गर्दै लेखेको छ ।




विराटको यो डान्सलगत्तै नेपाली अभिनेता आसिफ शाहले लेखे, ‘दुई कुराले खुसी छु । टिम नेपालले २३० रन बनाउनु र विराट कोहलीले कुटुमा कुटुमा नाच्नु ।’ फिल्म ‘दुई रुपियाँ’मा समावेश यो गीतमा अभिनेत्री स्वस्तिमा खड्कासँगै आसिफले पनि अभिनय समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्