लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निता भण्डारीले अभिनय गरेको ‘दाम छैन’ले पायो दर्शकको साथ

IMG

भदौ १५, २०८० तिलोत्तमा।  पछिल्लो समय युवाहरुको रोजाइमा समेत तीज गीत पर्न थालेको छ।  तीजको संघारमै सार्बजनिक गरेको तीजगित ‘दाम छैन’ले बजारमा चर्चा बटुलेको छ।  सार्बजनिक भएको केहि दिनमै गीतले दर्शकको राम्रो भ्युज पाएको छ।  यो समाचार तयार पार्दासम्म करिब २ लाख २० हजार नाघेको सो गीतमा तिलोत्तमा कि नीता भण्डारीले अभिनय समेत गरेकी छन्। 


गायक उज्जवल गिरी (दानवीर) को तीज गीत ‘दाम छैन’ बजार मा सार्वजनिक भएको छ। गितमा गायक उज्जवल गिरी,कमल कडेल गायिका अस्मिता डल्लाकोटी र मन्जु भट्टराईको स्वर रहेको छ।गीतको लय शब्द उज्जवल गिरी र कमल कडेलले गरेका छन्। बिष्णु भट्टराईको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा उज्वल गिरी, कमला गैरे, निता भण्डारी, लक्ष्मण पाण्डेले अभिनय गरेका छन् । निता भण्डारीले गितमा पहिलो पटक अभिनय गरेकी हुन् गीत म्युजिक भिडियो उज्जवल गिरी युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ। निताको म्युजिक भिडियो पहिलो भएता पनि पहिलो पटकमा नै उनले आफ्नो अभिनयद्वारा लाखौ दर्शकको मन जित्न सफल भएकी छन् ।



कमेन्ट गर्नुहोस्