लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संगीत,गायन र शब्दमा जमेका मोहन :भन्छन, संगीत मेरो नशामा छ

IMG

तिलोत्तमा सिटी, भदौ १० गते ।  नेपाली लोक संगीतका पारखीहरुले मन मुटुमा सजाएको नाम हो मोहन खड्का। एक दशक देखि संगीतको क्षेत्रमा उदाएका मोहनालई पराई संग नाता बोलको गीतले पछाडी फर्केर हेर्नु परेन। त्यसपछिका मर्ने मिति,आज भन्दा भोली माया, सुन सबैले सुन,मैलो रिबन , सुन्तला गुलियो, मान्छे सानी छु, दन्ते ओखर, रुने भयो काम ,लालटिन र चिसो महिना पुषैको लगायतका गीतले बजारमा मोहन खड्कालाई चिनायो। बिन्दबासिनी फाउन्डेसनको आजीवन सदस्य तथा भावना म्युजिक सोलुसनको सदस्य समेत रहेका मोहनको जन्म पाल्पाको रामपुरमा भएको हो। 


लोक तथा दोहोरी गीत प्रतिष्ठान अनामनगर कमिटिका अध्यक्ष समेत रहेका मोहन लोक संगीत क्षेत्रमा गायन, संगीत, कम्पोजर, र शब्द संकलकको रुपमा समेत परिचित छन्। दर्शकको माया र सद्भाव नै जीवनको अवार्ड मान्ने मोहनले उत्कृस्ट लोक गायक अवार्ड २०१९, उत्कृस्ट लोक तथा दोहोरी गीत कम्पोजर अवार्ड २०१९, उत्कृस्ट लोक दोहोरी गायक राप्ती अवार्ड २०१९ बाट पुरष्कृत भएका छन्। दर्शकको अपार मायाले लोक संगीतमा टिकिरहन सकेको छु - उनले हास्दै भन्छन। दर्शकको रोजाई अनुसारको फरक स्वादको गीत पस्किन माहिर मोहनले करिव १ सय ५० गीत संगीतमा काम गरिसकेका छन्। 


पछिल्लो समय लाइभ दोहोरीमा जमेका मोहन खड्का आवाज संगीत र गीत लेखनमा समेत उत्तिकै रोजाइमा पर्छन। लाइभ दोहोरीमा भेटिने उनि पछिल्लो समय आफै मोडलिङ्ग समेत गर्दछन। यहि बर्ष दर्शकको माग अनुसारको अर्को गीत ल्याउने तयारीमा रहेका मोहन अहिले लोक संगीतकै श्रीवृद्धि मै समय खर्चिन्छन। सुहाउँदो जिऊडाल र सुमधुर स्वरका धनी मोहनको आवाजलाई दर्शकले औधी रुचाएका छन्।


कमेन्ट गर्नुहोस्