लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निर्देशनमा उदाहरणिय बनेका मदन, मोडलिङ्गदेखि निर्देशनसम्म

IMG

बुटवल, भाद्र २ गते // एक दशक अगाडी नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका मदन खड्कालाई म्युजिक भिडियो निर्देशनको नामले चिनिन्छ। हालसम्म २ हजार म्युजिक भिडियोमा काम गरेका उनले उनले आफै अभिनय गरेको भिडियो मात्रै ५० भन्दा बढी रहेको छ। बुटवललाइ शुरुवात थलो बनाएका उनी काठमान्डौलाई कर्मथलो बनाएर काम गरिरहेका छन्। क्वालिटीयुक्त भिडियो निर्देशन र चकलेटी मोडलका रूपमा चिनिएका मदन नृत्यमा पनी उत्तिकै पोख्त छन्।


उमेरले तीन दशक नाघेका उनले फोटो, भिडियोखिच्ने, नाच्ने, निर्देशन गर्नुका अलावा भिडियोको सम्पादन समेत आफैं गर्देछन् । स्वदेशमै गीत संगीतको क्षेत्रमै केही गर्ने अठोट लिएर मोफसलबाटै संघर्ष गरेका खड्काले वर्षौंदेखिको आफ्नो संगीतप्रतिको लगावलाई भरपुर प्रयोग गरेका छन्। काठमाण्डौका विभिन्न क्षेत्रमा छायांकन र निर्देशनमा दैनिक व्यस्त रहने उनलाई नयाँ तथा पुराना कलाकारले साहस र हौसला दिँदै आएको बताउछन। राम्रो काम र इमानदारिता भएपछी बजारमा बिकिँदो रहेछ , सबैको प्यारो हुन सकिँदो रहेछ -उनले मुस्काउदै भन्छन। 


यीनै खड्काले आफ्नो जीवनको एक दशक बढी वर्ष सांगीतिक जगतकै लागि व्यतित गरे पनि मोफसलको कलालाई अझैपनी नाक खुम्चाउने गरेको दुखेसो पोख्छन। सयौ बढी म्युजिक भिडियोमा आफ्नो कलात्मक क्षमता देखाएका उनले आफैं चार दर्जन गीतमा मोडलिङ गरेका छन् । ठूलो पर्दाका फिल्म रेनी मा समेत काम गरेका उनी निर्देशन गर्ने लक्ष्य लिएर संघर्ष गर्दै गीत सँगीतकै क्षेत्रमा बाँकी जीवन बिताउने प्रण गरेका छन् ।


ठूला सपनाभन्दा पनि सार्थक हुने सपना देखेर मेहनत गर्न मन पराउने खड्काले लोक, आधुनिक , पप, विभिन्न चाड संग सम्बन्धित गीत तथा कोभिड, एच आइ भी एड्स , सरसफाई ,निर्वाचन लगायतको विधामा जनचेतना मुलक भिडियो पिएसएहरु समेत बनाएका छन।करिव १५ वटा भिडियो नोमिनेशनमा परिसकेका उनले दिएका उत्कृस्ट काम बाट ३ वटा अवार्ड समेत पाएका छन। पुराना देखि नयाँ कलाकार सम्मलाई आफ्नो म्युजिक भिडियोमा अभिनय गराएका उनले आफैले समेत गीत संगीतमा कलाकारिता पस्केका छन्। मोडलिङ्गबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका मदन खड्का अहिलेको युवा निर्देशनको क्षेत्रमा गर्विलो नाम हो।  दर्शकले मनपराउने खालको सिनेमाटोग्राफीलाई अभिनयात्मक हिसाबले पस्कन सक्ने खुबी भएका निर्देशक खड्काले पछिल्लो समय तीजको नयाँ कोसेली लैजाउन फिलिली समेत दर्शकलाई पस्कने तयारीमा छन्।   



कमेन्ट गर्नुहोस्