लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छमछम नाच्ने सावित्री गिरीको तीजगीत "माइत जाने बाटो" बजारमा

IMG

बुटवल, साउन २४ गते २०८०। साहित्यमा गजललाई कडी बनाएर लागेकी गजलकार सावित्री गिरीको तीज गीत बजारमा आएको छ।  युट्युब मार्फत सार्बजनिक भएको गिरीको माइत जाने बाटो सार्बजनिक भएसंगे उनि चर्चामा छिन। हिन्दु नारीहरुको महानपर्व तीजको कोसेलीको रुपमा आगाडी सारेकी गिरीले माहिलाको बेदना संगसंगै सामाजिक यथार्तातालाई समेत समेटेकी छिन। 


रमाइलो  भर्सनको गीतमा स्वर,संगीत र लय स्वयं गिरीले नै गरेकी छिन भने ,गीतलाई कृष्ण पुनले एरेन्ज गरेका हुन्। आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरेकी माइत जाने बाटोमा सम्वृद्धि पाण्डे, शक्तिश्री कोइराला,सुर्य सारु मगर लगायतले बेजोड अभिनय गरेका छन्। पुकार श्रेष्ठको निर्देशन रहेको भिडियोमा प्रिती गुरुङको नृत्य निर्देशन,शम्भु चालिसेको छायांकन, रबिन बिकको कलरिङ्ग र सम्पादन रहेको छ। 


साहित्यमा मुग्ध गजलकार समेत रहेकी साबित्री गिरीले बिगत १ दशक अघिबाट गीतसंगीतको क्षेत्रमा काम गर्दै आएकी छिन। दाजुभाइको सम्बन्ध र आमा बुवाको सम्बन्धलाई माइतीमा सौहार्दतबरले भावना बनाइ पोखेकी उनको गीतमा सामाजिक यथार्थताको चित्रण पाइन्छ। 



कमेन्ट गर्नुहोस्