
प्रकाश पाण्डे । साउन १४ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल,प्याब्सन तिलाेत्तमाले आइतबार आयाेजना गरेको अन्तर बिद्यालय लाेक नृत्य प्रतियोगितामा ज्ञानगंगा पाठशाला प्रथम भएको छ । प्रतियोगितामा कुवरबर्ति ईङ्लिस बाेर्डिङ स्कुल द्वितीय, लिटिल प्याराडाईज ईङ्लिस बाेर्डिङ स्कुल तृतीय तथा संजिबनी शिक्षा सदन र बुटवल पब्लिक स्कुलले सान्त्वना स्थान हासिल गरेका छन् । बिजयी तथा उपबिजयी टोलीलाई शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ ।
प्रतियोगितामा ,प्याब्सन तिलाेत्तमामा आबध्हा १३ वटा सस्थागत बिद्यालयहरुले सहभागिता जनाएका थिए । प्याब्सन तिलाेत्तमा अध्यक्ष केएन सागर ज्ञवालीकाे अध्यक्षताम रहेको कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष बिष्णु पन्थी,सचिव पवन सरानकाेटी, ,निर्णायक मण्डल संयाेजक नारायण थापा लगायतले बाेल्नुभएकाे थियाे । कार्यक्रममा प्याब्सन तिलाेत्तमा उपाध्यक्ष मधुप्रकाश ज्ञवालीको स्वागत एवं काेषाध्यक्ष चन्द्र अधिकारीले कार्यक्रमको संचालन रहेको थियो । प्याब्सन केन्द्रको बार्षिक कार्यक्रम अनुसार कार्यक्रमको आयोजना गरिएको र छनाैट भएका ३ वटा टोलीले जिल्ला, प्रदेश हुदै केन्द्रमा सहभागिता जनाउने छन् ।
कमेन्ट गर्नुहोस्