
१३ साउन, तिलोत्तमा। केही दिनअघि एक अनलाइनसँग कुरा गर्दै अभिनेता अनमोल केसीले आफूले सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्न लागेको बताएका थिए । अहिले आएर यो फिल्मबारे महत्वपूर्ण विकास भएको छ ।निर्देशक थापाले शुक्रबार चलचित्र विकास बोर्डमा ‘रावायण’ शीर्षकमा फिल्म दर्ता गरेका छन् ।
बोर्डका एक फिल्म अधिकृतले निर्देशक थापाले टाइटल दर्ता गरेको जानकारी दिए । स्रोतका अनुसार शिवम अधिकारीको लेखन रहेको फिल्ममा अनमोलको डबल रोल हुने जनाइएको छ । फिल्ममा आफ्नो शीर्ष भूमिका हुने जानकारी अनमोलले यसअघि बताइसकेका छन् । यस्तोमा, यो फिल्मको छायांकन भदौदेखि हुने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्