लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अभिनेता सारुक ताम्राकार आफ्नै निवासमा मृत फेला

IMG

तिलोत्तमा सिटी । असार २२ गते । अभिनेता सारुक ताम्राकार आफ्नै निवासमा मृत फेला परेका छन् ।  ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।


ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।


फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका ताम्राकारले ले ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डन’ र ‘नमरी बाचे’ मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए ।


ताम्राकार बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । उनी कलाकार सानु ताम्राकारका छोरा हुन् ।



कमेन्ट गर्नुहोस्