
तिलोत्तमा सिटी । असार २० गते । नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । हिजो बेलुका बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती चिस्यानीमा रहेको आफ्नै घरमा निधन भएको परिवारका सदस्यले बताएका छन् । तामाङ घरको कोठाभित्र मृत भेटिनु भएको हो । उहाँको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका उहाँ पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त हुनुहुन्थ्यो । ‘जय पशुराम’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’ लगायतका दर्जनौ चलचित्रमा उहाँले अभिनय गर्नु भएको थियो । उहाँको चिसो चिसो हावामा, केटाकेटी लगायतका गीत चर्चित छन् ।
कमेन्ट गर्नुहोस्