लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा ११ प्रतिशत रोपाई हुदाँ रुपन्देहीमा ८ प्रतिशत मात्रै रोपाई सम्पन्न

tillotmacitynews - 2023 Jun 30 09:34 AM
IMG

तिलोत्तमा सिटी । असार १५ गते । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । मानो रोपेर मुरी उब्जाउने महिना भएपनि यो बर्ष प्रयाप्त वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । आधाअसार विते पनि लुम्बिनी प्रदेशमा धान रोपाईँको अवस्था भने निराशाजनक देखिन्छ । प्रदेशमा अहिलेसम्म करिब ११ प्रतिशतमात्रै रोपाईँ भएको कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासीनिले जानकारी दिनुभयो  । ‘यस वर्ष समयमै वर्षा नहुँदा प्रदेशमा धान रोपाई निकै कम मात्रामा भएको छ । समयमै वर्षा भएको भए अहिलेसम्म  ५० प्रतिशतको हाराहारिमा रोपाईँ हुन्थ्यो । तर, पानी नपर्दा ११ प्रतिशत मात्रै रोपाई भएको छ ।’– प्रवक्ता मरासिनीले भन्नुभयो  ।



समयमै वर्षा नहुँ दाधान उत्पादनमा समेत गिरावट आउन सक्ने देखिएको छ । गत वर्ष यहि अवधीमा करिब ३२.७१ प्रतिशित रोपाई भएको थियो । अहिले गत वर्षको भन्दा २  प्रतिशतले कम रोपाई भएको छ ।  कृषि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाई हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासीनिका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाई कपिलबस्तु र सबै भन्दा कम रुकुम पूर्वमा हुने गरेको छ ।  रुपन्देहीमा अहिलेसम्म ८ प्रतिशत मात्रै  रोपाई सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा मात्रै  रोपाईँ भएको हो  ।

कमेन्ट गर्नुहोस्