लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुरुमा घरको फिल्म, त्यसपछि अरु :नायक अनमोल केसी

tillotmacitynews - 2023 May 24 10:55 AM
IMG

काठमाडौं । गत साता अभिनेता अनमोल केसीलाई नयाँ फिल्ममा साइन गराउँदै निर्माता रोहित अधिकारीले भदौदेखि छायांकन थाल्ने बताएका थिए । त्यही बेला अनलाइनखबरसँग कुरा गर्दै भुवन केसीले भदौ १० गतेदेखि होम प्रोडक्सन फिल्मको सुटिङ सुरु हुने पनि बताएका थिए ।एउटै कलाकारलाई लिएर दुई निर्माताको यस्तो परस्पर बाझिने अभिव्यक्ति आएपछि दर्शक र मिडियामा अन्योल छाएको छ । यो अन्योलबीच अभिनेता केसीले घरको फिल्मको छायांकन सुरुमा हुने बताएका छन् ।


उनले भने, ‘पहिले होम प्रोडक्सनको फिल्म बन्छ अनि चर्चामा आएका अन्य फिल्मको काम सुरु हुन्छ ।’ उनले आफूले गर्ने भनेको ‘जेरी अन टप’ फिल्म पनि यो वर्ष नबन्ने बताए । अर्को साल छायांकन सुरु हुने गरी जेरी अनटपको तालिका धकेलिएको उनले जनाएका छन् ।अनमोलको होम प्रोडक्सन सुपर काजल फिल्म्सले भदौ दोस्रो सातादेखि लभस्टोरी फिल्मको निर्माण थाल्दैछ, जसलाई भुवन केसी स्वयंले निर्देशन गर्ने बलियो सम्भावना छ । यस्तोमा अनमोललाई लिएर फिल्म ‘फर्की फर्की’ घोषणा गरेका निर्माता अधिकारीले दशैंपछि मात्र फिल्म फ्लोरमा जान सक्ने संकेत गरेका छन् ।अनमोलको यस्तो प्रष्टीकरणपछि भदौमा सुपर काजलको नयाँ फिल्म निर्माण हुने सम्भावना बलियो देखिएको छ ।

कमेन्ट गर्नुहोस्