लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दयाहाङको नेता अवतार, ‘नाङ्गो गाउँ’को इण्ड्क्ल्याप

tillotmacitynews - 2023 May 24 10:42 AM
IMG

तिलोत्तमा,जेष्ठ १० २०८० साल।दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सकिएको छ । फिल्मको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो । निर्देशक लामाले ३३ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको र अब पोस्ट प्रोडक्सनमा लाग्ने बताए ।


मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाइ जोशी, निमा पाण्डे लगायत कलाकारको अभिनय छ। छायांकन सकिएसँगै निर्माणपक्षले अभिनेता दयाहाङ राईको तस्वीर समेत सार्वजनिक गरेको छ, जहाँ दयाहाङको नेता अवतार देख्न सकिन्छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । फिल्मलाई भदौ २९ गते रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । फिल्ममा आलोक शुक्लाको छायांकन र बनिष शाहको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्