लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली चलचित्र 'वेलकम टु हेम्जाकोट' जेठ २६ बाट प्रदर्शन

tillotmacitynews - 2023 May 16 11:47 AM
IMG

           तिलोत्तमा सिटी काठमाडौं, जेठ २ गते । नेपाली चलचित्र  'वेलकम टु हेम्जाकोट' जेठ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था ग्लोजअपसिने प्रोडक्सनले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । 


सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । निर्माताहरु तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्का हुन् । 


पोखरामा रहेको पर्यटकीय स्थल हेम्जाकोटमा खिचिएको फिल्मले स्थानीय स्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ । मिलन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादनमा रहेको फिल्म दीर्घ गुरुङले छायाङ्कन गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्