
तिलोत्तमा, वैशाख २९ गते । बि.स. २०७२ सालमा स्थापित चलचित्र पत्रकार संघ रुपन्देहीले चलचित्र पत्रकारिता दिवस भब्य मनाउने भएको छ। हरेक बर्ष जेष्ठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउदै आएको संघले सो अवसरमा यस बर्ष जेष्ठ ६ गते बिबिध कार्यक्रम गरि मनाउने संघका अध्यक्ष मोहन न्यौपानेले बताए। सो दिन संघद्वारा स्थापित ‘एनबी चलचित्र पत्रकारिता पुरष्कार २०७९ र नवोदित चलचित्र पत्रकारिता पुरष्कार २०७९ ’ वितरण समेत गरिने अध्यक्ष न्यौपानेले बताए।
सो पुरष्कारका लागि चलचित्र पत्रकार संघ रुपन्देहीले ३ सदस्यीय पुरस्कार मुल्याङकन समिति गठन गरेको छ। अध्यक्ष मोहन न्यौपानेको संयोजकत्वमा निबर्तमान अध्यक्ष सुमन श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष तथा संघका पदेन सल्लाहकार रामराज पोखरेलसहित को मुल्याङ्कन समितीले २०७९ को २ वटा पुरस्कार वितरण गर्नको लागि आबेदन माग समेत गरेको छ। २०७९ सालमा प्रकाशन तथा प्रशारण भएका चलचित्र , कला मनोरंजन क्षेत्रको बारेमा (समाचार, रिपोर्ट, फिचर (अडियो/भिडियो/छापा र अनलाईन) कम्तिमा ५ वटा समाचार सामाग्री सहित चलचित्र पत्रकार संघ रुपन्देहीको ईमेलमा २०८० जेष्ठ ४ गते सम्म पेश गर्न रुपन्देहीका सबै पत्रकारहरुमा संघले आग्रह समेत गरेको छ।
रुपन्देहीमा रही पत्रकारिता गर्ने सबै चलचित्र पत्रकार, नेपाल पत्रकार महासंघ तथा मिडियामा आबद्ध सम्पूर्ण पत्रकार तथा संचारकर्मीहरुले आबेदन दिन मिल्ने सो पुरष्कार लिनको लागि निवेदन दिने व्यक्तिले पत्रकारिता गरेको पाँच बर्ष पुगेको हुनुपर्नेछ भने नवोदितका लागि कम्तिमा २ बर्ष पुगेको हुनुपर्ने संघले जनाएको छ। पुरष्कारका लागि चलचित्र, कला, मनोरंजन, गीतसंगीत लगायतका विधामा पत्रकारिता गर्नेले आबेदन दिन सक्ने छन्। सो अवसरमा निबर्तमान अध्यक्ष सुमन श्रेष्ठले घोषणा कार्यकाल सकिदा घोषणा गरेको ‘एनबी चलचित्र पत्रकारिता पुरष्कार २०७९ र संघको तर्फबाट नवोदित चलचित्र पत्रकारिता पुरष्कार २०७९ ’ हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
कमेन्ट गर्नुहोस्