लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक कुरिती बिरुद्धको फिल्म क्रश्ड विन्ग्स बुटवलमा प्रिमियर

IMG

तिलोत्तमा, वैशाख २३ गते ।चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा बुटवल सुख्खा नगर घर भै लामो समय देखि बेलायत बस्दै आएका कुशल फिल्मकर्मी तथा निर्देशक ललित भुसाल निर्देशित फिल्म ‘क्रस्ड विङ्स’ नेपालमा पहिलो पटक बुटवलमा प्रिमियर भएको छ। शनिबार बिहान द्वारिका सिनेमा हल बुटवलमा प्रदर्शन भएको सो फिल्ममा अभिनय गरेका स्थानिय कलाकार समेत सहभागी रहेको सो प्रिमियरमा दर्शकहरुले फिल्मको कथाबस्तु मन छुने कथासंगै सामाजिक कुरिती र कुसंस्कार बिरुद्ध बुलन्द आवाज भएको बताएका छन्।सानै छँदा बालिकाको संवेदनशील अंग काटिदिने परम्परागत प्रथासँग सम्बन्धित यो विश्वकै पहिलो अंग्रेजी फिल्म भएको फिल्म निर्देशक ललित भुसालले बताए । सांस्कृतिक रीतिका नाममा फैलिएको बाल शोषणको कठोर यथार्थतर्फ आँखा खोल्न फिल्मले बाध्य पार्ने उनको दाबी छ ।


बेलायत, भारत र नेपालका आकर्षक स्थानमा छायांकन गरिएको उक्त फिल्मको कथा एसियाको कुनै गाउँमा हुर्किरहेकी सानी बालिका रियाको दुर्भाग्यपूर्ण जीवन यात्रा वरपर घुम्छ । उनी ७ वर्षकी हुँदा कुरीतिको सिकार हुन्छिन् । रिया जस्ता अनेकौं देशका पीडित बालिकाको तीतो भोगाइमा आधारित उक्त फिल्मको कथाले बाल शोषणको वास्तविकता र यसले पार्ने शारीरिक अनि मानसिक असर उजागर गरेको छ ।फिल्म बनाउनुअघि भुसालले विश्वका विभिन्न ठाउँका महिलासँग अन्तर्वार्ता लिएका थिए । लन्डन र बुटवलमा समेत छायांकन भएको सो चलचित्रमा नेपालसहित संसारभरका स्थापित र आकांक्षी झन्डै ५० जना कलाकार समेटिएका निर्देशक भुसालले जनाए ।


फिल्म प्रदर्शन पछि यस क्षेत्रका कलाकार स्वर्गीय कुलचन्द्र पुरीलाई मरणोपरान्त सम्मान दिइएको थियो भने फिल्म हेर्न आएका कलाकार शान्तराम गिरीलाई समेत उनको कलाकारिता र त्याग प्रति सम्मान गरिएको थियो। साथै बालकलाकारको रुपमा अभिनय गर्ने रोजिना भुसाल लाइ सम्मान गरिएको थियो भने संचार माध्यमको तर्फबाट सहयोगी भूमिका खेल्ने चलचित्र पत्रकार संघ रुपन्देहीका पदाधिकारी अध्यक्ष मोहन न्यौपाने र निबर्तमान अध्यक्ष सुमन श्रेष्ठलाई धन्यबाद ज्ञापन गरिएको थियो।फिल्मको शुरुवातमा दिबंगत भएका बुटवल आसपासका कलाकारहरुलाई स्मरण गर्दै फिल्मको शुरुवात गरिएको थियो। केहि दर्दनाक दृश्य र बालबालिकालाइ देखाउन नमिल्ने दृश्य समेत काटेर देखाइएको सो फिल्म प्लेक्स डट टिभी मार्फत निशुल्क हेर्न सकिन्छ।   


कमेन्ट गर्नुहोस्