लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलका मोवाईल ब्यवयासीलाई उद्घोषण तालिम

tillotmacitynews - 2023 May 01 10:31 PM
IMG

तिलोत्तमा, वैशाख १८ गते ।बुटवलमा मोवाईल ब्यवसायीका लागि दिइएको तीन दिने तालिम सकिएको छ । बुटवल मोवाईल संघ रुपन्देहीका पदाधिकारी तथा सदस्यहरुको वाक क्षमता अभिवृद्धिका लागि संघले आयोजना गरेको डेढ दर्जन मोवाईल ब्यवसायीहरुको सहभागिता रहेको थियो । मोवाईल ब्यवसायी संघका अध्यक्ष बिष्णु ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा स्टेशमा कसरी बोल्ने, बोल्ने कलाको कसरी विकास गर्ने, स्टेश उद्घोषण, भाषणकला लगायतका विषयमा तालिम दिइएको थियो ।


संघका सचिव भुवन पाण्डेको संचालन तथा उपाध्यक्ष विकास गौतमको स्वागतमा भएको कार्यक्रममा संघका सल्लाहकार नारायण गौतम, शकुन्तला पोखरेल, कोषाध्यक्ष शालिकराम क्षेत्री लगायतले तालिममा सिकेका कुरालाई ब्यवहारमा कार्यान्वयन गर्नु आवश्यक रहेको बताउनुभयो । पत्रकार झविन्द्र देवकोटा र संघका प्रेस सल्लाहकार सुमन श्रेष्ठले सहजिकरण गर्नु भएको तालिममा ब्यवसायीक दक्षतावृद्धि तथा भाषणकला सम्वन्धि जानकारी गराइएको थियो ।

कमेन्ट गर्नुहोस्