लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पटक पटक खबर गर्दा बेवास्ता भएपछी तिलोत्तमामा घट्यो यस्तो घटना

tillotmacitynews - 2023 May 01 09:26 PM
IMG

तिलोत्तमा, वैशाख १८ गते । रुपन्देहीको तिलोत्तमा-८दीपनगरस्थित देबिराम खनालको घरमा आगलागी भएको छ। पटक पटक नजिकैको हाइटेन्सन र बिजुली ट्रान्समिटरका बारेमा स्थानिय निकाय तथा बिद्युत कार्यालय नयांमिल शाखा मणिग्राममा आग्रह गरिएपनि सरोकारवाला निकायाको सुनुवाई नहुदा बिष्फोट सहितको ज्वाला दन्केर घरसम्म आगलागी भएको स्थानियले बताएका छन्।


सोमबार विहान ६:३० बजे पुन: ३३००० के भी हाइटेन्सन लाइनबाट ठूलो आवाजमा बिस्फोट सहित आगलागि हुँदा तिलोत्तमा-८ दीपनगर स्थित देबिराम खनालको घरमा ठूलो क्षति भएको छ। त्यसो त आसपासका अन्य घरका मोबाइल, पङ्खा, टि.भी.आदि नचल्ने भएका छन् । बारम्बार हुने यस प्रकारका खतराको निदानको पटक पटक सम्बन्धित कार्यालयमा जाँदा पनि झारा टार्ने काम भएको भन्दै स्थानीयले मंगलबार विहान ११:०० बजे तिलोत्तमा नगरपालिकामा डेलिगेशन जाने कार्यक्रम रहेको स्थानिय युवा संदेश भण्डारीले बताए। 




कमेन्ट गर्नुहोस्