
तिलोत्तमा सिटी १४ बैशाख २०८०। तिलोत्तमाको वडा नम्बर ६ स्थित गोरकट्टामा यही बैशाख १५ गते बिहानै देखि नि:शुल्क स्वास्थ्य शिविर चेक जाँच तथा उपचार कार्यक्रम हुने भएको छ। रिभर साइड युवा क्लब ति.न.पा.-६ गोरकट्टाको आयोजना एवं सिद्धार्थनगर सिटी हस्पिटल भैरहवा को सहकार्य तथा बिशेष सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर मधुमेह ,मृगौला तथा रक्तचाप सिद्धार्थनगर सिटि हस्पिटलका डाक्टर विशेषज्ञहरुको उपस्थितिमा सो शिविर संचालन गर्न लागिएको क्लबका अध्यक्ष दिवस थापाले हामीलाई जानकारी दिए।
स्थानिय स्तरमा विभिन्न सामाजिक कार्य गर्दै आएको यस क्लबले स्थानिय आमा समूह, तथा सहयोगी एबम सरोकारवालाहरुको समन्वयमा बिरामी तथा स्वास्थ्य चेकजाँच कार्यक्रम मार्फत उपचार तथा परामर्श र आवश्यक बिरामीलाई औषधी समेत दिइने अध्यक्ष थापाले बताए। शिविर क्लब भवन गोरकट्टामा हुने आयोजकले बताएको छ। क्लबले स्वास्थ्य शंका भएका र बिरामी सबैलाई सो शिविरमा लाभ लिन आउन आग्रह समेत गरेको छ। शिविरमा मधुमेह, रक्तचाप,किड्नी ( मृगौला ) तथा सामान्य रोगहरुको चेकजांच तथा उपचार हुने बताइएको छ। क्लबले यस अघी रक्तदान, माघीमेला बृहत सांस्कृतिक कार्यक्रम , तिलोत्तमा नगरपालिकाको सरसफाई अभियानमा सहभागी लगायत थुप्रै सामाजिक कार्यहरु गर्दै आएको छ।
कमेन्ट गर्नुहोस्