
तिलोत्तमा,२०८० बैशाख १२। तिलोत्तमा-६ वडाको कार्यालय भवन जिर्ण भएकाले नयाँ भवन निर्माण हुने भएको छ। स्वीकृत डिपीआर अनुसार नयाँ भवन निर्माण गरिने वडा अध्यक्ष गणेश पाठकले बताए। वडाको आफ्नो सेवा नया भवन नबनुन्जेलसम्मका लागि यसै वडाको १२ नम्बर चोकदेखि अन्दाजी ५० मिटर दक्षिणतर्फ २ तले भवनबाट सबै काम हुनेगरी सारिएकोवडा सचिव कृष्ण बहादुर क्षेत्रीले बताए। साबिक आनन्दबन गाबिस हुँदा देखि नै बनाइएको सो भवन जिर्ण भैसकेकोले नगरपालिकाले सो भवन निर्माणका लागि बजेट बिनियोजन गरेको हो।
वडा भवन संगै हुलाक कार्यालय र वरपरका संरचना समेत नयाँ बनाउन भत्काइने भएको छ। तिलोत्तमाको १७ वडा मध्ये वडा नम्बर २,६, ७, १०, १४, १५ र १७ को भवन साबिक गाबिस हुदाखेरी देखिको भवन हुन्। यस वडा मध्ये अन्य सबै वडाको नयाँ भवन निर्माण भैसकेको छ।
कमेन्ट गर्नुहोस्