
तिलोत्तमा,२०८० बैशाख १०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर-४ को सुनौलो नगरमा बिद्यार्थी भर्ना अभियानसंगै व्यक्तिगत घटना दर्ता अभियान सम्पन्न भएको छ। यही बैशाख १ गते देखि सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको अवसर तथा बिद्यालय भर्ना अभियानको अवसरमा सो कार्यक्रम गरिएको वडा नम्बर-४ का सचिव काशिराम ज्ञवालीले बताए।
पछिल्लो समय बिद्यार्थी भर्ना गर्न बिद्यालयमा जन्मदर्ता अनिवार्य भएकाले भर्ना अभियान संगै सो व्यक्तिगत घटना दर्ता अभियान जोडेको वडा अध्यक्ष हरि बहादुर क्षेत्रीले बताए। उनले समयमै घटना दर्ता गरे पछि आउने झन्झटबाट मुक्त भइने र सामाजिक तथा राष्ट्रियताको पक्षमा कार्य गर्न सहज हुने समेत बताए। वडा अध्य्क्ष क्षेत्रीको अध्य्क्षतामा सम्पन्न सो औपचारिक कार्यक्रम तथा स्थानियाहरुको सहभागिता रहेको र्यालीमा घटना दर्ता तथा बिद्यार्थी भर्ना अभियान सम्बन्धी प्ले कार्ड तथा ब्यानर लगाइएको थियो।
घतान घटेको ३५ दिन भित्रै जन्म , मृत्यु , बसाइसराई , बिवाह र सम्बन्ध बिच्छेद दर्ता जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा गइ दर्ता गराउन वडा अध्यक्ष क्षेत्रीले आग्रह समेत गरेका छन् । व्यक्तिगत घटना गर्दा सप्ताह अभियानले बिगतमा घटना दर्ता गर्न छुटेकाहरुलाई सजिलो भएको बताउंदै उनले राज्यबाट प्रदान हुने सेवा सुबिधा उपयोग गर्नका लागि व्यक्तिगत घटना दर्ता गराउंनु आवस्यक रहेको बताए।
सो अवसरमा बोल्दै पंजीकरण शाखाका युवराज तिवारीले घटना दर्ता सम्बन्धि जनचेतना गाउँ गाउँमा सहजीकरण गर्न वडाका प्रतिनिधिहरुले बिशेष भूमिका खेल्नुपर्ने बताए। सो अवसरमा वडा सदस्य रम्भा देवी घिमिरे, हरिमाया थापा , मित्रलाल न्यौपाने लगायतले बोल्दै सबै वडावासीलाई समयमै व्यक्तिगत घटना दर्ता गराउन पनि आग्रह गरे । अभियान अन्तर्गत सुनौलो नगरका करिव ६ किलोमिटर गाउँको परिक्रमा गरिएको थियो।
कमेन्ट गर्नुहोस्