लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा इज्जत मिडियाको विधिवत शुभारम्भ

IMG

तिलोत्तमा,२०८० बैशाख १०। मोफसलको राजधानी बुटवलमा अर्को एउटा मिडिया हाउस थपिएको छ। विशेषत: फिचर निर्माण तथा अनलाइन संस्करण सचालानार्थ शुभारम्भ गरिएको इज्जत मिडिया प्रा.ली. को अफिसियल केन्द्रको शुभारम्भ बुटवलमा गरिएको छ । पछिल्लो समय पत्रकारिता संगै कलाकारितामा आफ्नो पहिचान बनाइसकेका चिरन बराल सो मिडियाका अध्यक्ष हुन्। 


मिडिया मार्फत फिचर फिल्म, डकुमेन्ट्री, शर्ट फिल्म्स, युट्युब सिरिज, म्युजिक भिडियो लगायत डिजिटल मिडिया सम्बन्धि सम्पुर्ण काम गरिने इज्जत मिडियाका छायाँकार तथा सम्पादक  प्रदिप कंडेलले बताए। मिडियाले छिट्टै " यस्तै छ यहाँको चलन " र बाटुली सिरिज निर्माण गर्ने भएको छ।१२ बर्ष को अनुभव बुटवल देखि काठमाडौसम्म काम गरेको अनुभव भएका प्रदिपले सो मिडियाको सबै व्यवस्थापन गर्ने छन्। भिडियो सम्बन्धी कार्यको लागि काठमान्डौ जानुपर्ने बाध्यता अब टरेको सम्पादक तथा छायाकार कंडेलले बताए।


सो शुभारम्भ कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष मोहन न्यौपाने, निवर्तमान अध्यक्ष सुमन श्रेष्ठ, कलाकार ध्रुब घिमिरे , शेर बहादुर गौतम , कृस्ण थापा, प्रतिभा भण्डारी , काशिनाथ पन्थी , ललिता भुसाल, राजेश गैरे लगायतको उपस्थिति रहेको थियो। सो मिडियाको विधिवत रुपमा समुद्घाटन गर्दै शिबा बरालले रिबन काटेर इज्जत मिडियाको अफिसियल शुभारम्भ गरेकी थिइन्। 



कमेन्ट गर्नुहोस्