लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पा जादै गरेको बस जोरधारा नजिक भिरमा खस्यो : १ महिलाको मृत्यु, १८ यात्रु घाइते

tillotmacitynews - 2023 Apr 23 10:37 AM
IMG

तिलोत्तमा सिटी । बैशाष १० गते । पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। घाइते १८ जनाको उद्धार गरिएको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । बस भीरमा अड्किएको अवस्थामा छ। अन्य यात्रुको उद्धार भइरहेको छ। यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए । बुटवलबाट पाल्पातर्फ जादै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्ग अन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो ।


कमेन्ट गर्नुहोस्