
तिलोत्तमा,२०८० बैशाख १०।सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा हाइ स्पिड मा नो कनेक्सन फेल सहितको फ्रि वाईफाई सञ्चालन भएको छ । प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सञ्चालन हुन लागेको नगरपालिकाले जनाएको छ । याेगीकुटी देखी कोटीहवासम्म हाइवे क्षेत्रमा फ्रि वाइफाइ सेवाको सोमबार बिहान शुभारम्भ गरिने भएको हो।कार्यक्रमको तिलात्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण सहित जनप्रतिनिधि लगायतले उद्घाटन गर्ने कार्यक्रम रहेको नगरप्रमुखको सचिवालयले जानकारी गराएको छ ।
देशकै नमुना नगरपालिका तिलोत्तमामा स्वदेश तथा विदेशबाट आएकाहरूको र स्थानीयलाई पनि सहज इन्टरनेट प्राप्तिको लागि यो कार्यक्रम शुभारम्भ गर्न लागिएको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले जानकारी दिए ।उनले भने,‘हाइवे क्षेत्रमा आउने पर्यटक एव महत्त्वपूर्ण काम गर्नको लागि इन्टरनेट नहुँदा समस्या हुने गरेका समस्याहरू आएकोले यो कार्यक्रमलाई निकै महत्वकासाथ हेरेका छौँ । यसले राम्रो प्रभाव पर्नेछ ।’नगरपालिका प्रवेश गर्दासाथ इन्टरनेट प्रयोग गर्न सक्ने बताउँदै उनले यसका साथै नगरपालिकाका सूचना, समाचार तथा सेवाहरू समेत हेर्न पाउने जानकारी दिए ।
यो आयोजना अन्तरगत तिलोत्तमा नगरपालिकाका सबै वडा कार्यालयहरू, स्वास्थ्य चौकीहरूमा आफ्नै फाइबर प्रणाली व्यवस्थापन गरी इन्टरनेट पुर्याएको नगरपालिकाका सूचना प्रविधी उपशाखा प्रमुख इन्जिनियर सुदिप ढकालले जानकारी दिए ।उनले यो कार्यक्रम सम्पन्न गर्दा ८५ लाख खर्च लागेको बताए । एक ठाउँमा कनेक्ट भएपश्चात् हाइवेमा इन्टरनेट सुविधा उपलब्ध हुने उनले जानकारी दिए । नेपाल टेलिकम,सुबिसु, वर्डलिंकबाट आएको आईएसपिको माध्यमबाट आएको ईन्टरनेटलाई नगरपालिकाले व्यवस्थापन गरी यो कार्य गरेको बताए । इन्टरनेटकाे लागि पाेल पाेलमा राउटर राखिएकाे उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्