लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरभित्रका २० उद्यमी महिलाहरुलाई सम्मान

IMG

तिलोत्तमा,२०७९ चैत्र २४। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित दायित्व परियोजनाको नगर उप–प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रममा सहभागि बनेका नगरभित्रका २० उद्यमी महिलाहरुलाई सम्मान गरिएको छ ।नगर उप–प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रमको चौथो संस्करणका लागि छनोट भएका २० नयाँ उद्यमी नगद पाँच-पाँच हजार नगद सहित सम्मानित भएका हुन् ।नगरभित्रका ६० साना-मझौला उद्यमी महिलाहरुबाट छानीएका उनीहरुलाई नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले सम्मान गर्नु भएको हो ।उद्यमी महिलाहरुलाई सम्मान गर्दै नगरप्रमुख खाँणले महिलाको इलम, सीप र उद्यमलाई नेतृत्व विकाससँगै उद्यमशिलता तथा आर्थिकोपार्जनका लागि महत्वपुर्ण दायित्वले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।


कार्यक्रममा उपप्रमुख जागेश्वरीदेवी चौधरीले महिलाले आफ्नो अधिकार स्थापित गर्न आर्थिकसँगै सामाजिक रुपमा अब्बल हुन आवश्यक रहेको बताउँदै नेतृत्वसँगै क्षमता र आर्थिकोपार्जनमा पुरुषसँगसँगै हिड्नु पर्नेमा जोड दिनुभयो । महिलाको अधिकार स्थापितका लागि सक्रियतानै महत्वपुर्ण भएको भनाई राख्नुभयो ।कार्यक्रममा तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य राधा शाही, महिला तथा बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख सम्झना भण्डारी, अधिकृत सिता घिमिरे, महिला अधिकारकर्मी मिनाक्षि न्यौपाने, उद्यमी महिला दुर्गाकुमारी भण्डारी लगायतले आ–आफ्ना भनाई राख्नु भएको थियो ।


दयित्वका लुम्बिनी प्रदेश संयोजक कमल थापाको सहजिकरणमा भएको कार्यक्रममा दायित्व कार्यक्रमबारे प्रकाश पार्दै सञ्जय पोखरेलले ६० जनाबाट छानीएका २० जनालाई सम्मान गरिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्