लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सबैको सहयोगले आहा !! तिलोत्तमा भन्ने बनाउनु छ : प्रमुख प्रशासकीय अधिकृत अर्याल

IMG

तिलोत्तमा,२०७९ फागुन ३०। रुपन्देहीको तिलोत्तमा नगरपालिका आफैमा सुन्दर नगरी हो। यसको टावन प्लानिङ्ग र भविष्यमा कंक्रिट शहर हुन बाट जोगाउन यसले आफ्नो सुन्दरतामा राम्रो ध्यान दिएको पाइन्छ। अनुपातिक हिसाबमा बसाईं सराईं गरेर आउने डर ह्वात्तै बढेको नगरलाई सुन्दर हराभरा बनाउन ठुलो चुनौती पनि छ।  तथापि यस नगरको अविच्छिन्न हरियाली तथा सरसफाई अभियानको १०० औ शृंखला सम्म आउदा नगर उत्तिकै सुन्दर छ। 


यहाँको प्रमुख राजमार्ग देखि सहायक परिपथ , सडकहरुमा हरियाली र सरसफाईले अझै नगरलाई मनमोहक बनाएको छ। आफ्नो यो अभियानलाई नगरपालिकाले भब्य रुपमा मनाउने क्रममा आफ्नो सप्ताहव्यापी कार्यक्रम मनाउने क्रममा यहि फागुन ३० गते भब्य मानव साङ्गलोको उपस्थिति सहित सरसफाई अभियानलाई मनाउने र चैत्र १ गते १०० शृंखलामा भब्य कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ। 


नगरपालिकाले नगरलाई झकिझकाउ र सुन्दर अनि हरियाली र सफा सहित फोहोर व्यवस्थापन गर्न कुनै कसर बाँकी नराखेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बातेका छन्। प्रमुख प्रशासकीय अधिकृत अर्यालले नगरलाई अझै सुन्दर बनाउनु छ र बाहिराका मान्छेले एक पटक घुम्न या हेर्न आउँदा समेत  वाह तिलोत्तमा भन्ने बनाउन सबै नगरबासीको सहयोगको खाँचो रहेको बताए। नगरपालिकाले यस अभियानको लागि शुरुवात बाटै कुनै कसर बाँकी नराखी निरन्तर लागेको समेत बताए।


 यहि फागुन ३० गते हुने मानव साङ्गलो संगै चैत्र १ गते हुने भब्य मुलसमारोहको पूर्ण तयारि सकिएको बताउदै उनले नगरबासीको उत्साह सहभागिता र सहकार्यले नगरपालिकालाई थप सृजनात्मक र सफा सुन्दर हरियाली र शान्त भूमिको समेत परिचय दिएको बताए। नगरले आयोजना गरेको सबै कार्यक्रममा नगर बासीको सक्रियता निरन्तर रहेकोमा धन्यबाद व्यक्त गर्सै उनले आगामी दिनमा अझै सुन्दर नगर बनाउने अभियानमा जोडिन सबै नगर बासीहरुलाई आग्रह समेत गरेका छन्। 

 

कमेन्ट गर्नुहोस्