
तिलोत्तमा,२०७९ फागुन २६। ‘जीवनीमा चलचित्र निर्माण र अन्तर्राष्ट्रिय बजार’ बिषयमा रुपन्देहीमा तीन दिने कार्यशाला गोष्ठि हुनेभएको छ । बौद्ध दर्शन र जीवनीका आधारमा चलचित्रको निर्माण गर्दै बिश्वब्यापी रुपमा बजारिकरण गर्ने बिषयमा आगामी चैतको १७ देखि १९ सम्म कार्यशाला हुन लागेको हो । चन्द्रसूर्य सिनेमाद्वारा आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा हुन गईरहेको सो कार्यशाला गोष्ठीका बारेमा जानकारी गराउदै सो विषयकै सेरोफेरोमा अन्तरक्रिया तथा पत्रकार भेटघाट भैरहवामा सम्पन्न भएको छ। यही चैत्र १७,१८ र १९ मा लुम्बिनीमा हुन गईरहेको सो कार्यशाला गोष्ठीका सन्दर्भमा आयोजित अन्तरक्रियामा बोल्ने बक्ताहरुले चलचित्र क्षेत्रको निर्माण र बिस्तारसंगै बजार व्यवस्थापनमा निकै कठिनाई रहेको बताएका छन्। लगानी सुरक्षित गर्न नेपालमा जिबन्त फिल्म बन्नुपर्ने भन्दै गौतमबुद्धको जीवनीमा समेत फिल्म बने र यसका बारेमा हरेक कुराको प्रचार गर्न सके पर्यटनसंगै चलचित्र उद्योगको समेत बिकास हुने सो कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए।
आगामी चैत्रमा हुने सो कार्यक्रममा नेपाली सिने जगतका वरिष्ठ कलाकार, सरोकारवाला, प्रभुत्व व्यक्तित्वहरु, पत्रकार तथा पर्यटन लगायतको उपस्थिति रहने गोष्ठीका संयोजक तथा नेपाल चलचित्र बिकास बोर्डका पुर्व सदस्य बिमल पौडेलले जानकारी दिनु भएको छ। रुपन्देही, नवलपरासी तथा कपिलवस्तुको सम्पूर्ण पालिका, नगरपालिकाहरुको सहभागिता तथा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार, लुम्बिनी विकास कोष, उद्योग वाणिज्य संघ, चलचित्र पत्रकार संघ तथा लुम्बिनी पत्रकार महासंघको सहकार्यमा यो कार्यशाला गोष्ठी लुम्बिनी सांस्कृतिक नगरपालिकाको अभिभावकत्व रहने नेपाल चलचित्र निर्माता संघका केन्द्रिय सचिव किसान पोख्रेलले जानकारी दिनु भएको छ। रुपन्देहीका पालिका प्रमुख , होटल ब्यबसायी, पर्यटन ब्यबसायी, यातायात व्यवसायी, लुम्बिनी बिकास कोष, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको प्रतिनिधिमुलक उपस्थिति रहेको कार्यक्रमको संचालन चलचित्र पत्रकार संघ रुपन्देहीको संयोजनमा बिकास गौतमले संचालन गरेका थिए।
कमेन्ट गर्नुहोस्