लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सबै अभिभावकले हेर्नेपर्ने शर्ट फिल्म ‘आराध्या’

IMG

तिलोत्तमा,२०७९ फाल्गुण ७ गते। गत फागुन २ गते मंगलबार भ्यालेन्टाइन डेको अवसर पारेर सर्ट सार्वजनिक गरिएको फिल्म ‘आराध्या’लाई दर्शकले निक्कै मनपराएका छन् । मानो बैज्ञानिक तरिकाले स्टोरी लेखनकार्यमा अब्बल मानिएका सञ्चारकर्मी रामजी ज्ञवालीको निर्देशनमा बनेको फिल्ममा व्यस्त परिवारभित्र हुर्किरहेका बच्चाले बाबुआमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न हुने मनोभावलाई देखाइएको छ ।


व्यस्त जीवनशैलीमा बाबुआमाले आफ्नी छोरीको जन्मदिन र विद्यालयको वार्षिकोत्सवमा समेत समय दिन नसकेपछि छोरीले आफैंले आफैंलाई जन्मदिनको शुभकामना दिएको दृश्यले धेरैको मन चसक्क पार्छ । अभिभावकहरू पेसा व्यवसायमा व्यस्त शहरिया परिवारको कथामार्फत फिल्मले उनीहरूलाई सोच्न बाध्य बनाएको ज्ञवालीको दाबी छ । फिल्मको कथा निर्देशक ज्ञवाली र आर्यन अधिकारीले लेखेका हुन् । फिल्ममा चपली हाइट हिरो आमिर गौतमले बुबाको र अभिनेत्री सुरविना कार्कीले आमाको अभिनय गरेका छन् । आशाको किरण झल्काउन खोज्ने  द्रोस्टी शाह छोरीको भूमिकामा छन् । सफु बुढाथोकी, नारायण कँडेल, प्रान्जल पौडेल, सृष्टि भुसाल लगायतका कलाकारको अभिनय पनि शसक्त रुपमा फिल्ममा देख्न सकिन्छ । 


पत्रकार जीवन भण्डारीले लेखेको फिल्मको ‘मिठी पापा’ गीत आरसी शाहको स्वरमा छन् । इन्जिनियर सञ्जितकुमार शाहको लगानी, विशाल निरौलाको म्युजिक तथा एरेन्ज रहेको सर्ट फिल्म राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मका प्रमुख सहायक निर्देशक बाबुराम निरौला हुन् भने युवराज घिमिरेले सहायक निर्देशकको जिम्मेवारी सम्हालेका थिए । फिल्मलाई नहकुल खड्काले सम्पादन र संकल्प भुजेलले खिचेका हुन् । पत्रकारितामा समेत कलम चलाउदै आएका ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभरलगायत सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।



कमेन्ट गर्नुहोस्