
तिलोत्तमा,२०७९ फाल्गुण ७ गते। राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ए साथी सुन’को आगामी चैत १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ। प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुईटा पोस्टरमध्ये एउटामा अभिनेत्री वर्षा सिवाकोटी घाइते अवस्थामा डराएको भावमा चित्रित छिन् । अर्को पोस्टरमा उनलाई पृष्टभूमिमा राखिएको छ भने डेब्यू ब्वाई रमेश बानियाँ रिसाहा लुकमा प्रस्तुत छन् ।
लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको फिल्ममा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको पनि अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल बाल कलाकारमा छन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् । सह-निर्मातामा भने सुदीप पौडेल छन् ।
‘ए साथी सुन’सहित यस वर्ष वर्षा सिवाकोटीका तीन फिल्म प्रदर्शन हुनेछन् । गत बैशाखमा ‘लक्का जवान’ र माघमा ‘मनसँग मन’ प्रदर्शनमा आएको थियो । तर, दुवै फिल्म वर्षकै डिजास्टर बने । लगातार फिल्म असफल हुँदा उनको करिअर नै संकटमा परेको छ । अब ‘ए साथी सुन’ले उनलाई फेरि असफलताको चोट दिन्छ या सफलताको सुख दिन्छ, त्यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ ।
कमेन्ट गर्नुहोस्