लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फेशन-शो को नाममा यौन दुर्व्यबहार गर्ने मनोज पाण्डेलाई सात वर्ष कैद सजाय

tillotmacitynews - 2023 Feb 06 10:08 PM
IMG

तिलोत्तमा,२०७९ माघ २३ गते। सौन्दर्य प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि यौन दुर्व्यवहार गरेको मुद्दामा मनोज पाण्डे दोषी ठहर भएका छन्। उनलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद सजाय सुनाइएको हो। त्यस्तै, पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको हो।शैक्षिक परामर्श संस्थाका सञ्चालकसमेत रहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतले यसअघि यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो। यौन दुर्व्यवहारमा पाण्डेलाई न्यायाधीश दीपक ढकालको इजलासले ६ महिना कैद र ५० हजार रुपैयाँ जरिबानाको आदेश गरेको छ। साथै, सोही इजलासले पाण्डेलाई मानव बेचबिखनमा पनि दोषी ठहर गरेको थियो।


उक्त मुद्दामा कसुर ठहर भएपनि सजाय निर्धारण भने भएको थिएन। तीन वर्ष वा सोभन्दा बढी सजाय हुने मुद्दामा कसुर ठहरपछि सजाय निर्धारण हुने कानुनी व्यवस्था छ। आज (माघ २३) गते सजाय निर्धारणका लागि मुद्दा पेश भएको थियो। कसुर ठहर गर्ने इजलासले नै सजाय निर्धारण पनि गर्ने कानुनी व्यवस्था छ।पाण्डेमाथि जबर्जस्ती करणीको आरोप लागे पनि उजुरी गर्ने हदम्यादका कारण सरकारी वकिलले मानव बेचबिखनमा मुद्दा चलाएको थियो। ८ वर्षअघिको घटनामा किशोरीले पाण्डेमाथि होटलमा बन्धक बनाइ बलात्कार गरेको आरोप लगाएकी थिइन्।मानव बेचबिखनमा पाण्डेलाई दशदेखि १५ वर्षसम्म कैद सजायको माग गरिएको थियो।

कमेन्ट गर्नुहोस्