लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आइटी क्लबको व्यवहारिक वेव डेभलपमेन्ट ट्रेनिङ्ग सम्पन्न

IMG

तिलोत्तमा,२०७९ माघ १८ गते। बिगत १ बर्ष अघि स्थापना भएको आइटि क्लब बुटवलले आइटी सेक्टरमा क्याम्पस अध्ययन गर्न आएका विद्यार्थीलाई लक्षित गरि व्यवहारिक वेव डेभलपमेन्ट ट्रेनिङ्ग सम्पन्न गरेको छ। सिसिटी कलेजमा ८ दिनसम्म चलेको सो  व्यवहारिक वेव डेभलपमेन्ट ट्रेनिङ्गमा बुटवलका प्रतिष्ठित कलेजमा आइटि अध्ययनरत ४५ जना विद्यार्थीको सहभागिता रहेको थियो। 


कितावी ज्ञानलाई व्यवहारिक रुपमा उतार्न यस्तो खालको तालिम दिईएको आइटी क्लबका अध्यक्ष अमृत लम्सालले बताए। कुनै पनि अध्ययन व्यवहारिकता बिना अधुरो रहने भन्दै उनले पुर्ण व्यवहारिक शिक्षाका लागि यस्तो तालिमले ठुलोयोगदान पुर्याउने बताए। अहिलेको युग भनेको डिजिटल युग भएकाले यसको भरपुर सदुपयोग गर्न आइटी पढ्न आएका विद्यार्थीलाई मध्येनजर गर्दै यस्तो खालको तालिम आयोजना गर्न सफल भएको अध्यक्ष लम्सालले बताए। सिसिटि कलेज देवीनगर बुटवलमा पौष २६ गते देखि माघ १३ गतेसम्म भएको प्रविधिमा सिसिटी बिषयक तालिमको सहजीकरण राहुल बश्याल, र अमृत लम्सालले गरेका थिए।


तालिममा डिजिटल सिस्टम, पोर्टफोलियो कसरि बनाउने, फ्री वेब होस्टिङ्ग कसरि बनाउने, एचटिएमएल, सीएसएस लगायतको आइटिसंग सम्बन्धित अन्य प्रोग्रामहरुको बारेमा प्रशिक्षण दिइएको सिकाइएको थियो। कार्यक्रममा सुदिप ढुंगाना, बबिता भट्टराई, मोहित भण्डारी, मनोज न्यौपाने, दिपेन्द्र ढकाल लगायतले आइटि सम्बन्धि प्रशिक्षणमा सहभागिता जनाएका थिए। 



कमेन्ट गर्नुहोस्