लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक्स नाईंन चलचित्रमा प्रदीपलाई अफर, शर्तसहित काम गर्ने मनसाय

tillotmacitynews - 2023 Jan 22 10:33 PM
IMG

तिलोत्तमा,२०७९ माघ ८ गते। केहि दिन अघि पेश्की रकम फिर्ता गर्दै नायक अनमोल केसीले निर्माणाधिन चलचित्र ‘एक्स नाईन’ छोडेका थिए । समयमा छायांकन नगरेको भन्दै केसीले उक्त चलचित्रमा काम नगर्ने बताएका थिए ।अब सोहि चलचित्रको लागि नायक प्रदीप खड्कालाई प्रस्ताव गरिएको बताईएको छ । अनलाइनखबर डटकममा प्रकाशित समाचारअनुसार यो चलचित्रमा काम गर्न मनसाय प्रदीपले बनाएका छन् ।


प्रदीपले यसअघि चर्चा भएअनुसार बलिउड सुपरस्टार सुनिल सेट्टीले अभिनय गर्नेभए आफु राजी भएको संकेत गरेको उक्त समाचारमा जनाईएको छ ।मुकुन्द भट्टले निर्देशन गर्ने सो चलचित्रमा यसअघि नै सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल, नीति शाह लगायतले सम्झौता गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्