
तिलोत्तमा,२०७९ माघ ५ गते। एकपछि अर्को हिट फिल्म दिदै आएका सुनिल कुमार थापा दम्पत्तिले नयाँ फिल्म घोषणासंगै कलाकारको समेत सार्बजनिक गरेका छन्। अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’मा भर्सटायल अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। निर्देशक थापा र विपिनबीच बुधबार एकपाना कागजी सम्झौता भएको हो । यसै साता फिल्म ‘प्रसाद २’को छायांकन सकेको जानकारी सामाजिक संजालमार्फत गराएर काठमाडौं फर्किएका बिपिनसँग भेट गर्दै झरनाले फिल्म अफर गरेकी थिइन् । टिम र चरित्र मन परेपछि बिपिन काम गर्न राजी भएको जानकारी प्राप्त छ ।
विपिनभन्दा अघि दयाहाङ राई र सौगात मल्ललाई फिल्ममा एउटा महत्त्वपूर्ण भूमिकाका लागि अप्रोच गरिएको थियो । तर, व्यस्त सेड्युलका कारण दुवैले नभ्याउने भएपछि निर्माण टिमले विपिन रोजेको हो । तर दयाहाङ राई र सौगात मल्ललाई अफर गरिएको भन्दा भिन्न क्यारेक्टरमा बिपिनलाई फिल्म युनिटले चुनेको हो। सुनिल कुमार थापाको निर्माणमा बन्न लागेको यस फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ । यही माघ २० गतेबाट फिल्म फ्लोरमा जाँदैछ ।
आगामी २०८० बैशाख १ गतेलाई दर्शकका लागी प्रदर्शन मिति घोषणा गरिएको छ । तर, छायांकनमा निस्कन ढिलाई भएकाले अब यो फिल्म नयाँ वर्षमा आउने सम्भावना अलि न्यून रहेको अड्कल काट्न सकिन्छ । समाजभित्रको अन्तरजातीय प्रेमकथामा निर्माण हुन लागेको फिल्मलाई जनकपुर र दार्चुलामा खिचिनेछ । फिल्ममा सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । अभिनेता बिपिन कार्कीले यस फिल्मको क्यारेक्टर अहिले सम्म हेरेका फिल्ममा भन्दा भिन्न रहेको बताएका छन्।
कमेन्ट गर्नुहोस्