लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा न्यौपाने

tillotmacitynews - 2023 Jan 17 10:17 PM
IMG

तिलोत्तमा,२०७९ माघ ३ गते। चलचित्र पत्रकार संघ रुपन्देहीको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन मँगलबार नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले मोहन न्यौपानेको नेतृत्वमा आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन  गरेको छ ।समितिको उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव बिकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिब भुसाल रहेका छन् । यसैगरी सदस्यहरुमा बिकास पराजुली, डि.बी. सुस्लिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ रहेको निर्वाचन मण्डलका संयोजक विश्वास ढकालले जानकारी दिए । निर्वाचन मण्डलको सदस्यहरुमा कपिल ज्ञवाली र कृष्ण भण्डारी रहेका थिए । सर्वसहमत अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष न्यौपानेले संघलाई थप क्रियाशिल र आर्थिक रुपमा सबल बनाएर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । यसैगरी सदस्यहरुको वृद्धिलाई समेत प्राथमिकतामा राख्ने बताए । 


यसअघि उद्घाटन सत्रमा निवर्तमा अध्यक्ष सुमन श्रेष्ठले स्व. पत्रकार एन.बी. कंडेलको स्मृतिमा पुरस्कारको घोषणा गरेका छन् । चलचित्र पत्रकार संघ रुपन्देहीका सदस्य तथा ग्लोबल आवाज डटकमका सम्पादक कंडेलको सवारी दुर्घटनामा परी ज्यान गएको थियो । उनको स्मृतिमा उनले गरेका योगदानलाई कदर गर्दै हरेक वर्ष प्रदान गर्नेगरी स्व. एन. बी. कंडेल उत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने बताए । साधारण सभाका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारिताको क्षेत्रमा मनोरञ्जन तथा चलचित्र पत्रकारिता क्षेत्र फरक र विशिष्ट बिटका रुपमा बिकास हुँदै गएको उल्लेख गरे । यसैगरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुबेर डंगोलले मोफसल र केन्द्र बीच परस्पर समन्वय नभएका गुनासाहरु आउने गरेको बताउँदै ती गुनासाहरुको समाधान गर्ने गरि अघि बढ्ने प्रतिवद्धता गरे । संघलाई थप सुधार र व्यवस्थित गर्नका लागि आवश्यक कार्यशाला तथा गतिविधि सञ्चालन गरिने बताए ।


कार्यक्रममा बोल्दै नेपाल चलचित्र संघका उप महासचिव ओम जैसी, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस यूनीयन रुपन्देहीकी अध्यक्ष रेखा भुसाल, फोटो पत्रकार संघ रुपन्देहीका अध्यक्ष मनिष पन्थ, चलचित्र पत्रकार संघ रुपन्देहीका सल्लाहकार टोपराज शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए । 


कमेन्ट गर्नुहोस्