लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालभर हलमा 'चि मुसी चि'

IMG

तिलोत्तमा,२०७९ पौष २४ गते आईतबार।फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ आजदेखि प्रदर्शनमा आएको छ । हरर जनरामा आधारित यस फिल्ममा प्रियङ्का कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिसा हमाल, रवीन्द्र झालगायतकाे अभिनय रहेकाे छ ।हरर जनराको यस फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टाेलीले लिएकाे छ । मर्ण जेम्स  र यश साइनीको निर्देशनमा तयार यस फिल्मले हरर कन्टेनमा उठ्ने प्रश्नको जवाफ दिने बताइएको छ । 


'हरर फिल्ममा दर्शकले हेर्दै गर्दा थ्रिल पैदा गर्न सकेको टेक्निक अपनाएका छौँ । यसले हलसम्म पुग्ने दर्शकलाई रेगुलरभन्दा फरकपन पक्कै दिनेछ', निर्देशक जेम्सले भन्नुभयो । 'मैले सुनकेशरी नामक हरर फिल्म बनाए । यद्दपि बनाउन चाहेको भने यस्तो थियो । डेब्यु निर्देशकले निकै राम्रो काम गरेका छन्', अभिनेत्री ऋचा शर्माले भनिन् ।


अभिनेत्री हमालले यस अगाडि ‘घर’ नामक फिल्ममा काम गरेकी थिइन् । 'निर्देशकले फिल्मलाई राम्रो बनाउन कुनै सम्झौता गरेका छैनन् । मैले पनि पाएको भूमिकालाई न्याय गरेकी छु', अभिनेत्री हमालले भनिन् । अभिनेत्री हमालझैँ अभिनेत्री शर्माले ‘सुनकेशरी’ र अभिनेत्री कार्कीले ‘आवरण’, ‘माला’ लगायतका हरर फिल्ममा काम गरेकी छिन् । निर्देशकद्वयकै लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निर्देशक साइनीको सम्पादन रहेको छ । 

कमेन्ट गर्नुहोस्